ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार २, २०८३ मंगलबार
```
एमाले नफुटने नेता अन्सारीको दावी ओली विना एमाले संभव छैन । ▶
एमाले नफुटने नेता अन्सारीको दावी ओली विना एमाले संभव छैन ।
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राष्ट्रपति भण्डारीबाट भ्रमण वर्ष सफल पार्न म्यान्माका नेपालीलाई आग्रह


एबीसी न्यूज
कार्तिक १, २०७६ शुक्रबार   ७ : ३७   बजे

काठमाडौं, १ कातिक । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल भ्रमण वर्ष २०२० मा नेपाल भ्रमण गर्न र भ्रमण वर्षबारे म्यान्मामा व्यापक प्रचारप्रसार गर्न म्यान्मामा रहेका नेपाली मूलका मानिसहरुलाई आग्रह गर्नुभएको छ । अखिल म्यान्मादेशीय गोर्खा हिन्दू धार्मिक सङ्घद्वारा आज पिन ऊ लिन शहरमा आयोजित स्वागत समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले गौतम बुद्धको जन्मस्थल लुम्बिनी र सर्वोच्च शिखर सगरमाथाको प्रचारप्रसार गर्न पनि उनीहरुलाई आह्वान गर्नुभयो ।

म्यान्मामा रहेका प्रवासी नेपालीले नेपाली भाषा, संस्कृति र वेशभूषाको संरक्षण गरेकामा र म्यान्मासँगको नेपालको सम्बन्धलाई प्रगाढ बनाउन योगदान गरेकामा प्रशंसा गर्दै राष्ट्रपति भण्डारीले म्यान्मासँग नेपालको व्यापार, लगानी, पर्यटन र संस्कृति विषयको प्रवद्र्धन गर्न म्यान्माली नेपालीभाषीलाई आग्रह गर्नुभयो । उहाँले आफ्ना पूर्वज जस्तै उद्यमी र परिश्रमी बन्न उनीहरुलाई आग्रह गर्दै भन्नुभयो, “दुई देशबीच सम्बन्ध प्रगाढ बनाउनका लागि भूमिका खेल्नुहोस् , नेपाललाई मनमा राखी नेपाली भाषा र संस्कृतिको संरक्षण गर्नुहोेस् । ”

सो अवसरमा म्यान्माका लागि नेपाली राजदूत भीमकृष्ण उदासले भारतीय नेपालीपछि म्यान्माली नेपालीले नेपाली भाषा, साहित्य र संस्कृतिको बढी संरक्षण गरेको बताउनुभयो । उहाँले विश्वयुद्धमा करीब ३०० नेपालीले म्यान्मामा वीरत्व प्राप्त गरेको र शुभबहादुर राईलगायतले बेलायतको भिसीसरह पदक प्राप्त गरेको बताउँदै शहादतप्राप्त नेपालीको सम्मानमा राजदूतावासको आयोजनामा वर्षेनी श्रद्धाञ्जलि कार्यक्रम राख्ने गरिएको जानकारी दिनुभयो ।

धार्मिक सङ्घका अध्यक्ष सागर घिमिरेले करीब डेढ लाख नेपालीभाषीले म्यान्मामा आनन्द र शान्तिपूर्वक जीवनयापन गरिरहेको बताउँदै आफूहरुले २५० पाठशाला चलाई आफ्ना छोराछोरीलाई नेपाली भाषा साहित्यबारे अध्यापन गरिरहेको जानकारी दिनुभयो । उहाँले सन् २०२०मा नेपाल भ्रमण वर्ष सफल पार्न सङ्घले नेपाल भ्रमण अभियान चलाउने भएको पनि बताउनुभयो । सङ्घका संरक्षक मणिलाल पौडेलले राष्ट्रपतिको म्यान्मा भ्रमणका क्रममा नेपालीभाषीहरुसँग भएको भेटले आफूहरु निकै भाग्यमानी भएको बताउँदै नेपालीहरु सधैँ मिलेर बसून् भन्ने कामना गर्नुभयो । उहाँले भन्नुभयो, “हामीहरुलाई आज नेपालमाताको दर्शन गरेसरह नै भएको छ, हामी नेपाल आमाको काखमा नै छौँ भन्ने अनुभूति भएको छ ।” उहाँले नेपाल भ्रमण गर्दा म्यान्मालीलाई प्रवेशाज्ञा निः शुल्क गरियोस् भन्ने माग पनि गर्नुभयो ।

सो अवसरमा धार्मिक सङ्घले नेपाली प्रतिनिधिमण्डललाई मायाको चिनो प्रदान गर्नाका साथै दिवाभोजको पनि आयोजना गरेको थियो । पिन ऊ लिनमा करीब १५ हजार नेपाली रुवी मणि, दुग्ध, खनिज, फोटो तथा खेतीबारी आदि व्यवसाय गरेर बसेका छन् । यहाँ नेपालीहरुले दशैँ, तिहार, तीज आदि चाडपर्व मनाउने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

विश्वकप २०२६ : एम्बाप्पेको ऐतिहासिक कीर्तिमान, फ्रान्सले सेनेगलको चुनौती पन्छाउँदै विजयी सुरुआत

झापाबाट चितवनसम्म बजेट कटौतीको सन्देश: राजनीतिक प्रभाव कम कि विकासको नयाँ मोडेल?

सम्बन्धित

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

समसामयिक राजनीतिक विषयमा छलफल गर्न रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान

सर्वोच्चको फैसला– ‘चेक बाउन्स गरे रकम मात्र होइन, ब्याज पनि तिर्नुपर्छ’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group