ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ असार २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लागूऔषधसहित २ जना पक्राउ


एबीसी न्यूज
१ कार्तिक २०७६, शुक्रबार   ३ : ०६   बजे

सिरहा, १ कात्तिक । युवाहरुमा लागुऔषधको प्रयोग पनी पछिल्लो समय अत्याधिक बढेको भन्दै त्यसलाई रोकथाम र नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रमुख एसपी उमा प्रसाद चतुर्बेदीले जिल्लाका विभिन्न ईलाका प्रहरी कार्यालय र चौकीहरुमा विशेष अपरेशनका वारेमा जानकारी दिई व्यापक रुपमा प्रहरी परिचालन गरीदै आएको बताउनुभयो ।

प्रहरी सेवामा लागेपछि आफ्नो सेवा अवधिमा समाजका लागी केहि गर्नुपर्छ भन्ने मान्यता राख्ने प्रहरी प्रमुख एसपी उमा प्रसाद चतुर्बेदी अएपछि छोटो समयमै लागुऔषध कारोवार गर्ने र प्रयोग गर्नेलाई समेत कानुनी कटघरामा उभ्याउन सिरहा प्रहरी सफल देखिएको छ । पछिल्लो पटक सिरहा प्रहरीले गोलबजारबाट बुधबार लागूऔषध ब्राउन सुगर सहित दुई जनालाई पक्राउ परेको छ । जिल्लाको बरियारपट्टी गाउँपालिका वडा नम्वर १ स्थित कचनारी गाउँ बाट सिमा प्रहरी चौकी कचनारीबाट असइ दुर्गा यादवको कमान्डीमा खटिएको प्रहरी टोलीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सिरहाको गोलबजार नगरपालिका वडा नम्बर ६ बस्ने प्रेम कुमार साहको छोरा बर्ष २० को गणेश कुमार साह र नरहा गाउँपालिका वडा नम्बर १ बस्ने श्याम सुन्दर यादवको छोरा बर्ष २० को नवीन यादव रहेका छन् । उनको साथबाट (DIALEX- DC)  नामको ८९ बोतल लागूऔषध बरामद गरिएको छ । भारतको पिपराहीबाट नेपालको कचनारी गाउँ तर्फ स. ८ प. १८२७ नम्बरको पल्सर २२० सिसिको मोटरसाईकलमा आउँदै गर्दा साह र यादवलाई चेक जाँचको क्रममा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एसपी उमा प्रसाद चतुर्बेदीले जनाएको छ । पक्राउ परेका साह र यादवलाई आवश्यक अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी तथा डिएसपी अपिल राज बोहराले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आउँदो बुधवारदेखि देशैभर राम्रो वर्षाको सम्भावना, धान रोपाइँका लागि अर्को हप्ता उपयुुक्त

रास्वपा पतन हुनेवाला छ, अबको विकल्प राप्रपा होस् राजेन्द्र लिङ्देन

सम्बन्धित

काठमाडौँमा सामूहिक ‘कुमारी पूजा’ (तस्बिरहरू)

अरनिको राजमार्ग राति बन्द गरिने

ठगी अभियोगमा एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ

नयाँ नेतृत्व र नीति तय गर्दै सकियो रास्वपाको पहिलो महाधिवेशन

विराटनगर पुगेर प्रचण्डले भने–एमालेसँग सदन, सडक र निर्वाचनमा सहकार्य हुन्छ

काठमाण्डौ उपत्यकामा बर्ड फ्लु सङ्क्रमण फैलन नदिन प्राविधिक टोली परिचालन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu