ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विपद् व्यवस्थापन न्यूनीकरणमा तीनै तहको सरकारको उत्तिकै जिम्मेवारी– गृहमन्त्री थापा


एबीसी न्यूज

काठमाडौं, १ कात्तिक । गृहमन्त्री रामबहादुर थापाले विपद् न्यूनीकरणका लागि तीनै तहका सरकारको उत्तिकै भूमिका रहेको बताउनुभएको छ ।

नेपाल भौगर्भिक समाजले आज यहाँ आयोजना गरेको ‘विपद् न्यूनीकरणका लागि अन्तर्राष्ट्रिय दिवस–२०७६ कार्यशाला गोष्ठी’मा उहाँले नेपाल विपद्को उच्च जोखिमको क्षेत्र भएकाले यसलाई न्यूनीकरण गर्न तीनै तहको सरकारको भूमिका रहेको बताउनुभएको हो ।“विपद् न्यूनीकरणका लागि सरकारी तवरबाट कानूनी र नीतिगत व्यवस्था गरिएको छ, अब आउने विपद् न्यूनीकरण गर्न क्षमता र कौशलको विकास गर्नु जरुरी छ”, उहाँले भन्नुभयो । बढ्दो विश्व तापमानका कारण हिमालमा ह्रास आउनेक्रम बढेको उहाँको भनाइ थियो ।

गृहमन्त्री थापाले विपद्का कारण हुने क्षतिलाई न्यूनीकरण गर्न बलियो संरचना निर्माणमा ध्यान दिनु जरुरी रहेको उल्लेख गर्नुभयो । विपद्को सामना गर्न सरकारी, गैरसरकारी निकाय एकताबद्ध हुनु जरुरी रहेको उहाँको भनाइ थियो ।राष्ट्रिय योजना आयोगका सदस्य डा कृष्णप्रसाद ओलीले विपद्बाट हुने क्षति न्यूनीकरणका लागि सुरक्षित स्थानमा भौतिक संरचनामा ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले २०७२ पछिको भूकम्पपछिको पुनःनिर्माण तीव्र गतिमा भइरहेको उल्लेख गर्नुभयो ।

युएनडिपीका सहायक आवासीय प्रतिनिधि विजय सिंहले दिगो विकासको लक्ष्यलाई पूरा गर्न विपद् न्यूनीकरणमा प्राथमिकता दिनुपर्ने बताउनुभयो । खानी तथा भू–गर्भ विभागका महानिर्देशक डा सोमनाथ सापकोटाले विपद् व्यवस्थापन न्यूनीकरणलाई संविधानमै उल्लेख गरेकाले यसलाई कम गर्नका लागि सबै क्षेत्र लाग्नुपर्ने बताउनुभयो । सन् १९८९ देखि राष्ट्रसङ्घीय महासभाले विश्वमा विपद् सचेतनाको संस्कार बसाउन र विपद् न्यूनीकरण प्रवद्र्धन गर्न दिवस मनाउने निर्णयअनुसार नेपालमा पनि अक्टोबर १३ तारिखमा उक्त दिवस मनाउन शुरु गरिएको हो ।

नेपाल भौगर्भिक समाजका अध्यक्ष रामप्रसाद घिमिरेले विपद् व्यवस्थापन न्यूनीकरणसम्बन्धी सप्ताहव्यापी कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो । नेपालमा दुई वर्षको अवधिमा छ हजार ३८१ साना ठूला विपद्का घटना घटेको अध्यक्ष घिमिरेले बताउनुभयो । सोही अवसरमा गृहमन्त्री थापाले नेपालमा विपद् व्यवस्थापनसम्बन्धी पुस्तक सार्वजनिक गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com