ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

खानेपानीको एक करोडभन्दा बढी बक्यैेता असुल्न बाँकी


एबीसी न्यूज

काठमाडौ, ३० असोज  । सप्तरी स्थित खानेपानी डिभिजन कार्यालयले रु एक करोडभन्दा बढी बक्यौता असुल गर्न बाँकी रहेको जनाएको छ । करिब ५६ वर्ष अघि स्थापना भएको उक्त कार्यालयमा ग्राहकले लामो सयमदेखि प्रयोग गरेको पानीको महशुल नर्तिदा रु एक करोड २१ लाख ८६ हजार २१७ बक्यौता असुल्न बाँकी रहेको सूचना अधिकारी प्रकाशचन्द्र गुप्ताले बताउनुभयो ।

कार्यालयका लेखा प्रमुख अजयबडियैत यादवका अनुसार लामो समयदेखि महशुल उठाउन बाँकी रहेका ग्राहकमध्ये राजविराज नगरपालिका–८ निवासी बिमला अर्यालकोे रु ७९ हजार, ८४०, बद्रीनारायण यादवको रू ७९ हजार ७४५, उदायबहादुर पाण्डेको रू ६२ हजार ५९०, अनिता भगतको २२ हजार ३५० र वडा नं ४ का राधादेवी साहको ३२ हजार ३५० लगायत छ ।

चार लाख ५० हजार लिटर क्षमताको ट्याङ्कीबाट नगरपालिकाभित्र दुई हजार छ सय ग्राहकको घरमा पाइप जडान गरिएको छ तर पुरानो नक्साअनुसार बनाइएको पुरानो राजविराज नगरपालिका शहरमा नयाँ संरचनाअनुसार क्षेत्रफल बढेकाले एउटा ट्याङकीबाट सबै ग्राहकलाई समेटन नसक्ने सरोकारवालाको भनाइ छ ।

अहिले राजविराज नगर क्षेत्रभित्र खानेपानी कार्यालयले बिहान एकदेखि डेढ घण्टा र साँझ एक घण्टा पानी दिने गर्दछ । राजविराज बजार क्षेत्रमा अधिकांश ठाउँमा पानी तान्ने ट्युबेलसमेतम आइरनयुक्त पानी आउनाले पनि यहाँका जनता शुद्ध पानी पिउनबाट बञ्चित रहेको राजविराज नगरपालिका–३ का बिन्दु चौधरीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com