ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेकपा चियापन : आपसमा सेल्फीदेखि बसिबियाँलोसम्म


एबीसी न्यूज

काठमाडौ, २९ असोज । ‘ओहो, नमस्ते, सञ्चै हुनुहुन्छ? ’ धेरै भयो भेटघाट नभाको  भेट्न पनि चियापन कार्यक्रम आयोजना हुनुपर्ने रहेछ। ’जम्माभेटसँगै नमस्ते वा अभिभावदन आदानप्रदानपछि भृकुटीमण्डपको चउरमा दिनभरजसो यस्ता दृष्य र संवाद सुनिएका थिए । उनीहरु भेटेपछि ‘दसैँ कस्तो भयो ? , स्वास्थ्य कस्तो छ ?। ’ जस्ता व्यक्तिगत र पारिवारिक कुराकानी पनि गरेको देखिन्थे । त्यतिले नपुगेर सामूहिक तस्बिर खिचाउन पनि उनीहरु जुटेका देखिन्थे ? कोहीकोही पनि शीतल चौतारी खोजेर आराम गर्दै बदाम खाँदै आपसमा गफिँदै थिए ।

सधैँको व्यस्तता छाडेर नेपाली कहिलेकाहीँ राजनीतिक र सामाजिक भेटघाटमा प्रायः रमाउँछन् । त्यसमा पनि सक्रिय राजनीतिमा लागेकाहरुका लागि त राजनीतिक गतिविधि र चियापान कार्यक्रमले उनीहरुमा ऊर्जा दिन्छ ।

चाडपर्व र संस्कृति सम्पन्न नेपालमा राजनीतिक गतिविधि न्यून बनाएका बेला राजनीतिक दलले आयोजना गर्ने शुभकामना आदानप्रदान एवं चियापान कार्यक्रमले नेता, कार्यकर्ता र सर्वसाधारणमा आपसमा मिलेर देशको विकास र समृद्धिमा लाग्ने नयाँ सन्देश पनि मिल्दै आएको छ । दशैँको कोजाग्रत पूर्णिमाको दिन प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेसले आयोजना गरेको चियापान कार्यक्रमले पनि त्यस्तै प्रकारको राजनीतिक सन्देश दिएको थियो भने सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा को आजको चियापानले त्यसलाई निरन्तरता दिएको छ ।

नेपालको राजनीतिमा बिपी कोइरालाले भारतबाट विसं २०३३ मा स्वदेश फर्केपछि एकता र मेलमिलापका लागि यस्तो चियापानको आरम्भ गर्नुभएको थियो भने विसं २०४६ मा बहुदलीय प्रजातन्त्रको स्थापनापछि तत्कालीन नेकपा ९एमाले० का अध्यक्ष मनमोहन अधिकारीले बडादशैँका अवसरमा चियापान कार्यक्रम आयोजना शुरु गर्नुभएको थियो । पछि अन्य दल र सामाजिक संस्थाले पनि यस्ता कार्यक्रम गर्दै आएका छन् । तत्कालीन एमाले र नेकपा ९माओवादी केन्द्र० बीच २०७४ जेठ ३ गते एकतापछि नेकपाको यस वर्ष दोस्रो चियापान कार्यक्रम हो ।

नेकपाका नेता तथा पूर्वउपसभामुख पूर्णाकुमारी सुवेदीले चियापानले नेता र कार्यकर्ताबीच भेटघाटको अवसर जुराउनाका साथै आपसी सद्भाव र सहकार्य प्रदान गरेको बताउनुभयो । उहाँले पार्टी एकता भएपछि दोस्रोपटक भएको चियापानमा पार्टीबीच अन्तरघुलनको मौकासमेत प्रदान गरेको बताउनुभयो । “एकतापछि यस्ता कार्यक्रम बिरलै भएका छन् । चियापानले एकतालाई अझ मजबुत बनाउँछ”, उहाँले भन्नुभयो, “चियापानमा पनि धेरैपछि एकै ठाउँमा नेता र कार्यकता भेट भएर शुमकामना आदानप्रदान गरियो र पार्टी एकताका कामलाई चाँडो टुङ्ग्याउन नेतहरुलाई आग्रह गरियो ।”

गृहजिल्ला सप्तरीमा काम भए पनि चियापानका लागि काठमाडौँ बस्नुभएका पूर्वसांसद रञ्जुकुमारी झा ठाकुरले चियापान हुनु आफैँमा सकारात्मक भएको कार्यक्रमको व्यवस्थापन रामै्र भएको जनाउनुभयो । “ठूलो सङ्ख्यामा रहेका सहभागीलाई युवा स्वयंसेवकले मेहनत गरेर व्यवस्थापन गरेको पाइयो । यसले सौहार्दपूर्ण वातावरण निर्माण गरेको छ । यसको निरन्तरता हुनुपर्छ”, उहाँले भन्नुभयो ।राष्ट्रिय युवा सङ्घका संयोजक रामप्रसाद सापकोटाले धेरैपछि नेता र कार्यकर्ताबीच यस प्रकारको भेटघाट भएको जनाउँदै चाडपर्वले एकताको सन्देश दिएको प्रतिक्रिया दिनुभयो । उहाँले चियापनले नेकपा, नेपाली काङ्ग्रेस र मधेशवादी दलका नेतालाई एकै ठाउँमा उपस्थित गराएर एकताको सन्देश दिएको बताउनुभयो ।

दिउँसो १२ बजेदेखि शुरु हुने निर्धारण भएको चियापान कार्यक्रमका लागि सोभन्दाअगावै नेता कार्यकर्ताको आगमन शुरु भइसकेको थियो । प्रवेशद्वारमा पार्टीका विभिन्न नेता एवं सांसदसहितले सहभागीलाई उभिएर स्वागत गर्नुभएको थियो भने बनाइएको मञ्चमा पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत शीर्ष नेतासँगै रहेर स्वागत गर्नुभएको थियो । अध्यक्षद्वय ओली र दाहालले आरम्भमै सम्बोधन गरी शुभकामना दिँदै विकास र समृद्धिको यात्रामा सामेल हुन सबैमा आग्रह गर्नुभयो भने त्यसपश्चात् निरन्तर गीत÷सङ्गीत प्रस्तुत भएको थियो । अध्यक्ष प्रचण्ड कार्यक्रमबाट केही अगाडि बाहिरिनुभएको थियो भने अध्यक्ष ओली, वरिष्ठ नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल, सचिवालय सदस्य ईश्वर पोखरेल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, सचिवालय सदस्य रामबहादुर थापा, महासचिव विष्णु पौडेल, पूर्वसभामुख सुवास नेम्वाङलगायत साँझ करीब ५ बजेसम्मै रहनुभएको थियो ।

खचाखच उपस्थिति रहेको कार्यक्रममा मञ्चको पछाडिको चौरमा शुभकामनाको ब्यानरसहित नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठ र जननेता मदन भण्डारीको ठूलो तस्वीर राखिएको थियो, जहाँ पुगेर तस्वीर खिचाउनेको पनि भीड देखिएको थियो । ठाउँठाउँमा पार्टी अध्यक्षद्वय ओली र प्रचण्डको तस्वीर अङ्कित होडिङ बोर्ड र कम्युनिष्टको अन्तर्राष्ट्रिय चिह्न हँसिया हथौडा र नेकपाको चनाव चिह्न सूर्यमा पनि तस्वीर खिचिएको थियो ।

कलाकार अशोक राई, माधव प्रधान लगायतले निरन्तर स्वर पस्किरहनुभएको थियो भने पञ्चेबाजासहित महिलाको विशेष प्रस्तुति गरिएको थियो । चियापनमा सहभागी हुनेलाई खजुरी, निमकिन, मिठाइ र केराले खुवाइएको थियो । कार्यक्रममा भित्र प्रवेश गर्न र बाहिर निस्कन फरक–फरक द्वारको व्यवस्था गरिएको थियो । कार्यक्रममा काङ्ग्रेसका सभापति शेरबहादुर देउवा, सङ्घीय समाजवादीका अध्यक्ष उपेन्द्र यादव, राप्रपा नेपालका अध्यक्ष कमल थापा, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, नेकपा माओवादी ९क्रान्तिकारी० का नेता सिपी गजुरेल, मन्त्री तथा सांसद, संवैधानिक अङ्गका पदाधिकारी, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि, सरकारका उच्चपदस्थ पदाधिकारी, सेवानिवृत्त पदाधिकारी, साहित्यकार, कलाकार, पत्रकार र सर्वसाधारणको उपस्थिति थियो ।

चियापानकै मौका पारेर कम्युनिष्ट आन्दोलन र विभिन्न विषयसँग सम्बन्धित पुस्तक पनि बिक्री वितरण गरिएको थियो । माओत्सेतुङ, पुष्पलाल, मदन भण्डारी, मोदनाथ प्रश्रितलगायतका पुस्तक सजाइएको थियो । पुस्तक मात्र होइन अल्लोको कपडासमेत बिक्री वितरणका लागि राखिएको थियो । कोट, टोपी, जुहारीलगायतका कपडासमेत नेता कार्यकर्ताले किनेका थिए ।

विशिष्ट पाहुनालाई प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, नेता वामदेव गौतम, महासचिव विष्णुप्रसाद पौडेल, प्रवक्ता नारायाणकाजी श्रेष्ठ र सचिवालय सदस्य ईश्वर पोखरेल, रामबहादुर थापा ‘बादल’, स्थायी समिति सदस्य अष्टलक्ष्मी शाक्यलगायतले स्वागत गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com