काठमाडौं, २९ असोज ।सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले दशैं, तिहार, छठ र नेपाल सम्वतको अवसरमा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम गर्दैछ । आज (बुधबार) राजधानीको भृकुटीमण्डपमा दिउँसो १२ बजेदेखि बेलुकी ५ बजेसम्म चियापान कार्यक्रमको आयोजना गरेको हो ।
नेकपा महासचिव विष्णु पौडेलका अनुसार १२ बजेदेखि ३ बजेसम्म पार्टीका नेता, कार्यकर्ता तथा आम जनसमुदायलाई निम्तो गरिएको छ । यस्तै ३ बजेदेखि ५ बजेसम्म विभिन्न राजनीतिक दलका नेता, मन्त्री तथा सांसद, संवैधानिक अंगका पदाधिकारी, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि, सरकारका उच्चपदस्थ पदाधिकारी, सेवानिवृत्त पदाधिकारीलगायतलाई निम्तो गरिएको छ ।

१ लाख जनालाई निम्तो गरिएको छ। निम्तोपत्रमा पार्टीका दुवै अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालको हस्ताक्षर छ। तत्कालीन एमालेले मनमोहन अधिकारीको पालादेखि चियापान आयोजना गर्दै आएको थियो ।
प्रतिक्रिया दिनुहोस्