ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ३, २०८३ बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सीको भ्रमण ऐतिहासिक र फलदायी– मन्त्री बाँस्कोटा


एबीसी न्यूज
आश्विन २८, २०७६ मंगलबार   ७ : ३९   बजे

काठमाडौं, २८ असोज । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण ऐतिहासिक र फलदायी भएको बताउनुभएको छ ।

सञ्चार केन्द्र नेपालले आज यहाँ आयोजना गरेको ‘चिनियाँ राष्ट्रपति सीको भ्रमण, उपलब्धि र कार्यान्वयनका चुनौती’ विषयक अन्तरक्रियामा उहाँले सीको भ्रमणले मुलुकको विकास सम्भावनाको ढोकासमेत खुलेको बताउनुभयो । “सीको नेपाल भ्रमणले नेपालका लागि बहुआयामिक उपलब्धि हासिल भएको छ”, उहाँले भन्नुभयो, “अब योजनाहरु कार्यान्वयनका तहमा जानेछन्, यसबाट अबका केही वर्षभित्र नेपालको सम्पूर्ण अर्थतन्त्र, उत्पादन क्षेत्र, बहुआयामिक सामाजिक–आर्थिक रूपान्तरणलाई अघि बढाउनेछ ।”

सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री बाँस्कोटाले सीको भ्रमणले नेपालभित्र र बाहिर उल्लेखनीय छापहरु छाडेर गएकोसमेत धारणा राख्नुभयो । “यो भ्रमणलाई आम नागरिक, सबै राजनीतिक दल र नेपालको भलो चिताउने सबैले हार्दिक स्वागत र समर्थन गरेको एउटा स्थिति देखा परेको छ”, उहाँले भन्नुभयो, “भ्रमणले नेपाल र चीनबीचको विकास निर्माणका योजनामा, सुख र समृद्धिका अभियानमा हामी साथै रहन्छौँ भन्ने सन्देश दिएको छ ।”

उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीको नेपाल भूपरिवेष्ठितबाट भूजडित राष्ट्रको रूपमा लैजाने योजनामा चीनका राष्ट्रपतिले हौसला प्रदान गरेको बताउनुभयो । चीन र दक्षिण एशियासित अब हिमालयमा मानवीय पुल मात्र नभई भौतिक पुलसमेत स्थापित हुनु सुखद पक्ष रहेको उहाँको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नेकपा विवाद: वरिष्ठ नेता खनालद्वारा प्रचण्ड–माधवमाथि ३६ बुँदे आरोप

“मेरो सम्पत्ति जाँच्नुभन्दा पहिले, आयोग संविधानभित्र छ कि छैन, त्यो जाँच गर” : ईश्वरप्रसाद खतिवडा (पूर्णपाठ)

सम्बन्धित

पसलमा चिया पिउन जान भ्याउने प्रधानमन्त्रीलाई चिया किसानको समस्या समाधानमा फुर्सद छैन– निश्कल राई

सुनको भाउ आज तोलामा १ हजार २०० रुपैयाँले घट्यो

एकैपटक ५ हजारभन्दा धेरै फार्मेसीको दर्ता खारेज (सूचीसहित)

मुस्ताङमा भारतको सहयोगमा उच्च प्रभाव सामुदायिक विकास परियोजना उदघाटन

रास्वपा सांसद खनालमाथि छात्रवृत्ति दुरुपयोगको आरोप

तीन मौसमी वायुको प्रभाव :आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group