ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ४, २०८३ बिहीबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सांसद साहलाई जनकपुर ल्याइयो, यस्तो हुनसक्छ सजाय


एबीसी न्यूज
आश्विन २८, २०७६ मंगलबार   ५ : ३९   बजे


जनकपुर, २८ असोज ।  जनकपुर विमानस्थलमा तोडफोड गर्ने राजपा नेपालका सांसद प्रमोद कुमार साहलाई पक्राउ गरी जनकपुर ल्याइएको छ ।

सांसद साहलाई काठमाण्डौको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट मंगलबार दिउँसो पक्राउ गरी विमानबाटै जनकपुर ल्याएको हो । त्रिभुवन विमान स्थल पुगेका सांसद साहलाई नेपाल प्रहरील पक्राउ गरेको थियो ।

बुद्ध एयरको विमानबाट जनकपुर ल्याइएका सांसद साहलाई कडा सुरक्षाबीच जिल्ला प्रहरी कार्यालय धनुषा ल्याइएको हो । सोमबार काठमाण्डौ जाने क्रममा जनकपुर विमानस्थलमा बुद्ध एयरको विमान डिले भएको र एकजना सिकिस्त बिरामीलाई लामो समय कुराएको भन्दै सांसद साहले बुद्ध एयरको काउण्टरमा तोडफोड गरेका थिए ।

विमानमा चढ्न अवरोध गरेपछि बुद्ध एयरका जनकपुर प्रमुख विजय प्रसाद सिंंह र सांसद साहबीच हात हालाहाल समेत भएको थियो ।

नागरिक उड्डयन प्राधिकरण जनकपुरधामले जिल्ला प्रहरी कार्यालय धनुषामा तोडफोड तथा विमान सञ्चालनमा अवरोध पुर्‍याएको आरोपसहित सांसद साहविरुद्ध मंगलबार जाहेरी दर्ता गराएको थियो ।

त्यसपछि उनलाई पक्राउ गर्न धनुषा प्रहरीले जिल्ला अदालत धनुषासँग अनुमति मागेको थियो । अदालतले अनुमति दिएलगत्तै महानगरीय प्रहरी कार्यालय काठमाण्डौको सहयोगमा सांसद साहलाई मंगलबार १२ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट उनी पक्राउ गरिएको थियो ।

सांसद साह दोषी ठहरिए तोडफोड अन्तर्गत नष्ट भएको सामानको बिगो भरपाई सहित एकवर्षदेखि ५ वर्षसम्म कैद सजाय र विमान सञ्चालनमा बाधा पुर्या‍एको आरोप ठहर भएमा ५ वर्षदेखि १० वर्षसम्म कैद सजाय हुने व्यवस्था रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

लिङ्देनमाथि राप्रपा छाडेका दिलविकास राजभण्डारीको आरोप नै आरोप

कोलम्बियाको विजयी सुरुवात

सम्बन्धित

पूर्व र मध्य भेगमा वर्षा, बागमतीदेखि सुदूरपश्चिमसम्मको तराई भेगमा गर्मी बढ्ने

पसलमा चिया पिउन जान भ्याउने प्रधानमन्त्रीलाई चिया किसानको समस्या समाधानमा फुर्सद छैन– निश्कल राई

सुनको भाउ आज तोलामा १ हजार २०० रुपैयाँले घट्यो

एकैपटक ५ हजारभन्दा धेरै फार्मेसीको दर्ता खारेज (सूचीसहित)

मुस्ताङमा भारतको सहयोगमा उच्च प्रभाव सामुदायिक विकास परियोजना उदघाटन

रास्वपा सांसद खनालमाथि छात्रवृत्ति दुरुपयोगको आरोप

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group