ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सांसद साहलाई जनकपुर ल्याइयो, यस्तो हुनसक्छ सजाय


एबीसी न्यूज


जनकपुर, २८ असोज ।  जनकपुर विमानस्थलमा तोडफोड गर्ने राजपा नेपालका सांसद प्रमोद कुमार साहलाई पक्राउ गरी जनकपुर ल्याइएको छ ।

सांसद साहलाई काठमाण्डौको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट मंगलबार दिउँसो पक्राउ गरी विमानबाटै जनकपुर ल्याएको हो । त्रिभुवन विमान स्थल पुगेका सांसद साहलाई नेपाल प्रहरील पक्राउ गरेको थियो ।

बुद्ध एयरको विमानबाट जनकपुर ल्याइएका सांसद साहलाई कडा सुरक्षाबीच जिल्ला प्रहरी कार्यालय धनुषा ल्याइएको हो । सोमबार काठमाण्डौ जाने क्रममा जनकपुर विमानस्थलमा बुद्ध एयरको विमान डिले भएको र एकजना सिकिस्त बिरामीलाई लामो समय कुराएको भन्दै सांसद साहले बुद्ध एयरको काउण्टरमा तोडफोड गरेका थिए ।

विमानमा चढ्न अवरोध गरेपछि बुद्ध एयरका जनकपुर प्रमुख विजय प्रसाद सिंंह र सांसद साहबीच हात हालाहाल समेत भएको थियो ।

नागरिक उड्डयन प्राधिकरण जनकपुरधामले जिल्ला प्रहरी कार्यालय धनुषामा तोडफोड तथा विमान सञ्चालनमा अवरोध पुर्‍याएको आरोपसहित सांसद साहविरुद्ध मंगलबार जाहेरी दर्ता गराएको थियो ।

त्यसपछि उनलाई पक्राउ गर्न धनुषा प्रहरीले जिल्ला अदालत धनुषासँग अनुमति मागेको थियो । अदालतले अनुमति दिएलगत्तै महानगरीय प्रहरी कार्यालय काठमाण्डौको सहयोगमा सांसद साहलाई मंगलबार १२ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट उनी पक्राउ गरिएको थियो ।

सांसद साह दोषी ठहरिए तोडफोड अन्तर्गत नष्ट भएको सामानको बिगो भरपाई सहित एकवर्षदेखि ५ वर्षसम्म कैद सजाय र विमान सञ्चालनमा बाधा पुर्या‍एको आरोप ठहर भएमा ५ वर्षदेखि १० वर्षसम्म कैद सजाय हुने व्यवस्था रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com