काठमाडौं, २८ असोज । प्रतिनिधिसभा सांसद प्रमोद साह पक्राउ परेका छन् । उनलाई जनकपुर विमानस्थलमा बुद्ध एयरको काउन्टर तोडफोड गरेको अभियोगमा पक्राउ परेका हुन । महानगरीय अपराध अनुसन्धान महाशाखाका विशेष टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मंगलबार पक्राउ गरेको छ।
उनी काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको प्रहरीले जनाएको छ । राष्ट्रिय जनता पार्टी (राजपा)का सांसद साहले काठमाडौं जहाज उडाउन ढिला गरेको भन्दै सोमबार जनकपुर विमानस्थलस्थित बुद्ध एयरको काउन्टर तथा भीआईपी क्षेत्रमा समेत तोडफोड गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्