काठमाडौं, २८ असोज । गैरआवासीय नेपाली संघ (एनआरएनए)को नवौं विश्व सम्मेलन मंगलबारदेखि काठमाडौंमा सुरु भएको छ। सम्मेलनको एक विशेष समारोहका बीच आज राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्नुभयो । मंगलबारदेखि ३ दिनसम्म हुने विश्व सम्मेलनका लागि एनआरएनए प्रतिनिधिहरूको व्यस्तता बढेको छ। सम्मेलन होटल हयातमा सुरु भएको छ ।
विश्वका ८१ देशमा एनआरएनएका सदस्य ८२ हजारको संख्यामा रहेको बताइएको छ। ती देशबाट बढीमा २५ सय प्रतिनिधिले मतदानमा भाग लिने अनुमान गरिएको छ।
विश्व सम्मेलनले आगामी २ वर्षका लागि संघको नयाँ नेतृत्व चयन गर्नेछ। कुल आचार्य र कुमार पन्त अध्यक्षका लागि दौडमा छन्।
प्रतिक्रिया दिनुहोस्