काठमाडौं, २८ असोज । नेपालका विभिन्न ठाउँमा सुरुङ मार्ग बनाइने भएको छ । जसका कतिपय ठाउँमा सम्भाव्यता अध्ययनको कामसमेत सुरु भइसकेको छ ।
सुरकारले सडक सञ्जाललाई सुरक्षित र छोटो बनाउन यो वर्ष मात्रै १३ वटा सुरुङमार्ग अन्डरपासको लागि सम्भाव्यता अध्ययन गर्ने भउको छ । जसमध्ये आठ वटा सुरुङमार्गको पूर्वसम्भाव्यता अध्ययन भइसकेको छ ।
भौतिक पूर्वाधार तथा योजना मन्त्रालयको वार्षिक कार्यक्रममा चालु आर्थिक वर्षमा १२ सुरुमार्गको अध्ययन गर्ने उल्लेख गरिएको छ ।
प्रस्तावित
१. बुटवल–सिद्धबाबा
२. टोखा–छहरे–गुर्जे भन्ज्याङ
३. कोटेश्वर–जडीबुटी
४. खुर्कोट–चियाबारी (सिन्धुली)
५. कैलाली खुटिया–बीपीनगर–दिपायल खण्ड
६. थानकोट–चित्लाङ
७. गोदावरी (ललितपुर)–मानेचौर (काभ्रे)
८. नयाँ बानेश्वरमा अन्डरपास
९. कुलेखानी–भीमफेदी
१०. हेम्जा–नयाँ पुल (पोखरा–बागलुङ सडक)
११. दोलखाको लामाबगर
१२. बुटवल–नारायणगढको दाउन्ने खण्ड
१३. बेत्रावती–घट्टेखोला (स्याफ्रुबेसी)
प्रतिक्रिया दिनुहोस्