काठमाडौं, २८ असोज । काठमाडौँ उपत्यका भित्रिने मुख्य नाकाका रूपमा रहेको थानकोट–नागढुङ्गामा निर्माण हुन लागेको सुरुङमार्गको शिलान्यास कात्तिकको पहिलो साता हुने भएको छ ।
थानकोट–नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माण आयोजनाका प्रमुख श्यामप्रसाद खरेलले कातिक ४ गते यस सुरुङमार्गको शिलान्यास कार्यक्रम तय भएको जानकारी दिनुभयो । यो सुरुङमार्गको पूर्वतर्फको मुख्यद्वार (पोर्टल) मा प्रधानमन्त्री केपी शर्मा ओलीले यस सुरुङमार्गको शिलान्यासगर्नुहुने छ ।
यो सुरुङमार्ग निर्माणका लागि भएको सम्झौतापत्रको कपी अन्तिम स्वीकृतिका लागि जापान अन्तर्रा्ष्ट्रिय सहयोग नियोग (जाइका)लाई पठाइसकिएको जानकारी दिँदै उहाँले भन्नुभयो , “अबको दुई दिनभित्र जाइकाको स्वीकृतिपत्र नेपाल आइपुग्नेछ, स्वीकृतिपत्र आउने निश्चित भएकाले शिलान्यासको कार्यक्रम तय भएको हो ।” शिलान्यासका लागि सम्बन्धित सबै तहमा छलफल सुरु भइसकेको उहाँले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्