ABC NEWS NEPAL | No.1 News channel of Nepal
जेष्ठ २९, २०८३ शुक्रबार
बजेटको नाममा भएको नीतिगत खेलोफड्को र डोजर राजनीति के हो? पूर्वमन्त्री तथा विश्लेषक केशव बडाल
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चालु आर्थिक वर्षको पहिलो दुई महिनामा आयात घट्यो, निर्यातमा उल्लेख्य वृद्धि


एबीसी न्यूज
आश्विन २७, २०७६ सोमबार   ६ : ५३   बजे

 


काठमाडौं, २७ असोज । चालु आर्थिक वर्षको पहिलो दुई महिनामा वस्तु आयात घटेको छ भने निर्यात व्यापार उल्लेख्य बढेको छ ।

भन्सार विभागको तथ्यांकअनुसार दुई महिना (साउन–भदौ) मा कूल २ खर्ब २९ अर्ब ५० करोड रुपैयाँ बराबरको आयात भएको छ । यो रकम अघिल्लो आर्थिक वर्ष २०७५/७६ को सोही अवधिको तुलनामा १।२२ प्रतिशतले कम हो । अघिल्लो आर्थिक वर्षमा २ खर्ब ३२ अर्ब ३४ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको थियो ।

यस अवधिमा निर्यात व्यापारमा भने उल्लेख्य वृद्धि भएको छ । तथ्यांक अनुसार चालु आवको दुई महिनामा १८ अर्ब ५० करोड १८ लाख रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा २५.८७ प्रतिशतले बढी हो । उक्त आवको दुई महिनामा १४ अर्ब ६९ करोड ९० लाख रुपैया बराबरको वस्तु निर्यात भएको तथ्यांक रहेको छ ।

तथ्यांक अनुसार आर्थिक वर्षको पहिलो दुई महिनामा नेपालको व्यापार घाटासमेत सच्चिन थालेको संकेत देखिएको छ । यस अवधिमा कूल व्यापार घाटा २ खर्ब ११ अर्ब १८ लाख रुपैयाँ बराबरको रहेको छ ।

नेपालको कूल ११६ भन्दा बढी देशसँग वैदेशिक व्यापार रहेको छ । त्यसमध्ये सबैभन्दा ठूलो हिस्सा भारत र चीनसँग रहेको छ । चालु आवको पहिलो दुई महिनामा भारतबाट १ खर्ब ४३ अर्ब २३ करोड रुपैयाँ बराबरका सामान भित्रँदा भारततर्फ १२ अर्ब १५ करोड रुपैयाँ बराबरको सामान निर्यात भएको छ ।

चीनबाट ४० अर्ब ५६ करोड ३७ लाख रुपैयाँ बराबरको सामान आयात भएको छ भने २९ करोड ४ लाख रुपैयाँ बराबरको वस्तु मात्र निर्यात भएको छ । चालु आवको पहिलो महिनाबाटै आयात घट्ने र निर्यात बढ्ने क्रम शुरु भएको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

फिफा विश्वकप २०२६ : कुन टोलीबीच कहाँ र कहिले हुँदैछन् खेल?

अरु दल छाडेर आएकाहरूले रास्वपाको जिल्ला नेतृत्व कसरी कब्जा गरे ?(सूची)

सम्बन्धित

प्रश्न गर्ने सांसदलाई अर्थमन्त्री वाग्लेको चेतावनीः तपाईंका काण्ड पनि खुल्नेछन्

संविधान संशोधनबारे सुझाव लिन तीन पूर्वप्रधानमन्त्रीसँग कार्यदलको छलफल

नक्कली भुटानी शरणार्थी प्रकरण : केपी ओलीसहितलाई बयानमा बोलाउनु पर्ने माग गर्दै निवेदन दर्ता

अर्थमन्त्रीले संसदीय समितिमा झुट बोल्नुभयो : ज्ञानेन्द्र शाही

काठमाडौंका यी क्षेत्रमा ३ दिन साढे ३ घण्टा विद्युत आपूर्ति बन्द हुने

आज सातै प्रदेशमा वर्षाको सम्भावना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group