ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सांसद आलम पक्राउको विरोधमा कांग्रेस कार्यकर्ताले गरे प्रदर्शन


एबीसी न्यूज
आश्विन २७, २०७६ सोमबार  १ : ३९ बजे

काठमाडौं, २७ असोज  । नेपाली कांग्रेसका सांसद मोहम्मद अफताव आलमलाई प्रहरीले रौतहटस्थित उनकै निवासबाट पक्राउ गरेपछि त्यहाँका कार्यकर्ता तथा समर्थकले गौरबजारमा प्रदर्शन गरेका छन् । आलम पक्राउको विरोधमा वीरेन्द्र राजमार्गका विभिन्न स्थानमा टायर बालिएको छ। प्रदर्शनकारीले केही स्थानमा ढुंगामुडा समेत गरेका छन्।

आलम समर्थक कार्यकर्ताबाट नाराजुलुस र प्रदर्शन भैरहेको छ। भीड नियन्त्रण गर्न व्यापक सुरक्षाकर्मी तैनाथ गरिएको छ। विरोधमा कांग्रेस कार्यकर्ताले सोमबार बिहानदेखि विभिन्न स्थानमा टायर बालेर विरोध गरिरहेका छन् । उनीहरुले केही स्थानमा बाटो अवरुद्धको प्रयास समेत गरेका छन् । सुरक्षाकर्मी पुग्नासाथ आन्दोलनकारी भाग्थे । प्रहरी र उनीहरुबबीच बिहानदेखि लुकामारी जस्तै भएको छ । अहिले जिल्लाभरि सुरक्षाव्यवस्था कडा बनाइएको छ ।

२०६४ सालमा ब म बनाउँदै गर्दा पड्केर घाइते भएका पाँच जनालाई इँटा भट्टामा पोलेर मारेको आरोप आलममाथि छ। उनले भारतबाट केही मानिस भाडामा ल्याएर चुनावमा प्रयोग गर्नका लागि ब म बनाउन लगाएको र बनाउने क्रममा बम पड्किएको थियो। बम बनाउने काममा केही नेपाली पनि सहभागी थिए।

सो घटना लुकाउन उनले घाइतेहरूलाई नजिकैको इँटाभट्टाभित्र हालेर पो लेको भन्दै दुई जना नेपालीको परिवारले आलमविरूद्ध जाहेरी दिएका थिए। अफताव आलम पटक–पटक मन्त्री भए, तर विकास कहिले गरेनन् । मुस्लिम बाहुल्य क्षेत्रका जनता अशिक्षा र गरिबीबाट आक्रान्त छन् । रोग र भोक त्यहाँ मुस्लिम समुदायका लागि नौलो छैन । विकास नभएको कुरालाई लिएर अफतावमाथि गुनासै गुनासा छन् ।

अफताव आलम शेख इसरिदका भान्जा हुन् । उनकै बलमा उनले राजनीति यात्रा शुरु गरेका थिए । राजनीतिमा अगाडि बढाउनका लागि इसरिदको राम्रो सहयोग थियो । इसरिद पनि काँग्रेसमा मन्त्री भइसकेका व्यक्ति थिए र उनले रौतहटमा राम्रो प्रभाव जमाएका थिए । पछि त्यसको बिडो अफताव आलमले सम्हालेका थिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कसैका लागि त्यो टहरो अस्थायी होला, तर त्यहाँ बस्नेहरूका लागि त्यो नै संसार हो

बल्खुको सुकुम्बासी बस्तीमा डोजर चलेको केही घण्टामै अर्का पुरुषले गरे आत्महत्या

सम्बन्धित

राष्ट्रपति कार्यालय पुग्यो अर्को अध्यादेश

घरमा डोजरले हानेपछि ‘हेर्न सकिनँ’ भन्दै हिँडेका ६१ वर्षीय इन्द्रबहादुर बल्खु खोलामा मृत भेटिए

बल्खुको सुकुम्बासी बस्तीमा डोजर चलेको केही घण्टामै अर्का पुरुषले गरे आत्महत्या

देशका अधिकांश भागमा वर्षाको सम्भावना

वैशाख शुक्ल पूर्णिमा : आज उभौली पर्व मनाइँदै

आज वैशाख शुक्ल पूर्णिमाः बुद्ध जयन्ती मनाइँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com