ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार २, २०८३ मंगलबार
```
एमाले नफुटने नेता अन्सारीको दावी ओली विना एमाले संभव छैन । ▶
एमाले नफुटने नेता अन्सारीको दावी ओली विना एमाले संभव छैन ।
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उपनिर्वाचनमा ३८ हजार मतदाता


एबीसी न्यूज
आश्विन २७, २०७६ सोमबार   १ : १९   बजे

काठमाडौं, २७ असोज  । आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनमा बागलुङबाट ३८ हजार ७०१ मतदाता सहभागी हुने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । मृत्युु तथा जिल्ला समन्वय समितिमा निर्वाचित भएर खाली भएको एक प्रदेशसभा र एक वडाध्यक्षमा गरी दुई स्थानमा उपनिर्वाचन हुँदैछ ।

गण्डकी प्रदेशसभा सदस्यअन्र्तगत बागलुङ क्षेत्र नं २ को ‘ख’बाट निर्वाचित टेकबहादुर घर्तीको मृत्यु तथा बागलुङको बडिगाढ गाउँपालिका–२ का वडाध्यक्ष विष्णु भुसाल जिल्ला समन्वय समितिको उपप्रमुखमा निर्वाचित भएपछि ती स्थान रिक्त भएका हुन् । उपनिर्वाचनमा जिल्लाको क्षेत्र नं २ को प्रदेशसभा ‘ख’बाट ३६ हजार ९२६ र बडिगाड गाउँपालिका–२ का एक हजार ७७५ गरी जम्मा ३८ हजार ७०१ मतदाता उपनिर्वाचनमा सहभागी हुने जिल्ला निर्वाचन कार्यालय बागलुङका निर्वाचन अधिकारी विकास पौडेलले बताउनुभयो । यसअघि प्रदेशसभा ९ख० मा ३३ हजार २४० मतदाता सहभागी भएका थिए ।

उपनिर्वाचनमा भाग लिने दलले निर्वाचन आयोगमा दल दर्ता गरिसकेपछि बागलुङमा चुनावी सरगर्मी बढ्न थालेको छ । ढोरपाटन नगरपालिका, तमानखोला गाउँपालिका र निसीखोला गाउँपालिका रहेको बागलुङ क्षेत्र नं २ को प्रदेश ‘ख’ मा ४२ मतदानस्थल रहनेछन् भने बडिगाड गाउँपालिका–२ मा दुई मतदानस्थल रहनेछन् ।

गण्डकी प्रदेशसभा सदस्यअन्तर्गत बागलुङ क्षेत्र नं २ को ‘ख’ बाट निर्वाचित राष्ट्रिय जनमोर्चाका ९राजमो० टेकबहादुर घर्तीको २०७५ सालको मङ्सिर २६ गते निधन भएको थियो । राजमोबाट जिल्ला नेता घर्तीले तत्कालीन एमाले र माओवादी केन्द्रको समेत समर्थनमा बाम गठबन्धनका साझा उम्मेदवार बनेर चुनाव जित्नुभएको थियो । जन्डिसबाट पीडित प्रदेशसभा सदस्य घर्तीको उपचारका क्रममा भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा निधन भएको थियो ।

रिक्त रहेको दुई पदमा उपनिर्वाचन हुने भएपछि यस क्षेत्रमा क्रियाशील नेपाल कम्युनिष्ट पार्टी, नेपाली काङ्ग्रेस र राजमोका नेताले पार्टीका जिल्ला र केन्द्रीय स्तरका नेतासमक्ष आफ्नो उम्मेदवारी आकाङ्क्षा प्रस्तुत गर्न थालेका छन् ।

यसअघि प्रदेशसभामा बाम गठबन्धनबाट विजयी घर्तीका धर्मपत्नी सुनमाया घर्तीलाई मुख्य सम्भावित उम्मेदवारका रुपमा हेरिएको छ । यद्यपि सुनमाया यसै वर्ष मात्र स्थायी शिक्षकमा नाम निकालेर पारिवारिक जीवनलाई लयमा लैजाने बेलामा पुनः श्रीमानकै उत्तराधिकारीका रुपमा राजनीतिक मैदानमा आउने सम्भावना कमजोर देखिन्छ । सुनमायाले निर्णय गर्न नसकेको अवस्थामा राजमोबाट अन्य उम्मेदवार मैदानमा आउन सक्ने सम्भावना छ । विगतको बाम गठबन्धन सहकार्यले निरन्तरताको विषयमा पनि चर्चा परिचर्चा र अनेक अनुमान शुरु भएको छ ।

नेपाली काङ्ग्रेसले भने चार जना स्थानीय नेताको नाम केन्द्रमा सिफारिस गरेर पठाइसकेको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको मतदाता नामावलीअनुसार रिक्त रहेको स्थानहरुको उपनिर्वाचनमा चार लाख ५४ हजार ११४ मतदाता रहेको जनाएको छ । जसमध्ये दुई लाख ३३ हजार ४०२ महिला र दुई लाख २० हजार ७१० जना पुरुष छन् । मङ्सिर १४ गते प्रतिनिधिसभाको एक, प्रदेशसभाको तीन, नगरपालिका प्रमुख एक, गाउँपालिका अध्यक्ष तीन, गाउँपालिका उपाध्यक्ष एक र गाउँपालिका तथा नगरपालिकाका वडाअध्यक्ष ४३ गरी कूल ५२ पदमा निर्वाचन हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

विश्वकप २०२६ : एम्बाप्पेको ऐतिहासिक कीर्तिमान, फ्रान्सले सेनेगलको चुनौती पन्छाउँदै विजयी सुरुआत

झापाबाट चितवनसम्म बजेट कटौतीको सन्देश: राजनीतिक प्रभाव कम कि विकासको नयाँ मोडेल?

सम्बन्धित

मुस्ताङमा भारतको सहयोगमा उच्च प्रभाव सामुदायिक विकास परियोजना उदघाटन

रास्वपा सांसद खनालमाथि छात्रवृत्ति दुरुपयोगको आरोप

तीन मौसमी वायुको प्रभाव :आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

कर्णालीले ल्यायो ३५ अर्ब ३९ करोड बजेट, कृषि र पूर्वाधार प्राथमिकतामा (पूर्णपाठ)

सांसद खुश्बु ओलीको चरित्र हत्या गरेको आरोपमा एक जना पक्राउ

कोसी प्रदेशको बजेट ४० अर्ब ४४ करोड रुपैयाँ (पूर्णपाठ)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group