काठमाडौँ, २६ असोज । राजधानीको दरबारमार्गस्थित क्लब भिक्ट्रीमा आगलागी भएको छ। अहिले साँझ भिक्ट्रीमा अचानक आगलागी सुरु भएको हो। प्रहरी र दमकलको सहायताले आगलागी नियन्त्रणको प्रयास भइरहेको छ। यद्यपि, आगो नियन्त्रणमा आइसकेको छैन। आगलागीको कारण खुल्न बाँकी छ भने घटनाको विषयमा थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।
५ वटा दमकल घटनास्थलमा पुुगेको नेपाली सेना, शसस्त्र प्रहरी र नेपाल प्रहरीले आगो नियन्त्रणको प्रयास गरिरहेका छन्। क्लब भिक्ट्रीको माथिल्लो तलामा रहेको ट्रसबाट आगलागी भएको दरबारमार्ग प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्