ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाल–चीन उच्च स्तरीय वार्ता सम्पन्न, १५ बुँदामा सहमति तथा सम्झौता


एबीसी न्यूज
२६ आश्विन २०७६, आइतबार   १२ : २९   बजे

काठमाडौं २६ असोज ।  नेपाल–चीन द्विपक्षीय वार्तामा विभिन्न विषयमा सहमति तथा सम्झौता भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र राजकीय भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी जिनपिङको नेतृत्वमा  भएको उच्च स्तरीय वार्तामा सहमति तथा सम्झौता भएको हो ।

नेपाल र चीनबिच विकास तथा आपसी सम्बन्ध बिस्तारसँग जोडिएका विभिन्न १५ बुँदामा सहमति तथा सम्झौता भएको बताइएको छ । रेल सञ्जाल निर्माण, पर्यटन प्रबर्द्धन, टोखा–छहरे सुरुङ मार्ग, चार वटा सामुद्रिक र सुख्खा बन्दरगाह जोड्ने सडक मार्ग तथा पूर्वाधार, उर्जा, रेल वे, सूचना प्रविधिको बिस्तार गर्नेसहितका बुँदामा सहमति भएको जनाइएको छ ।

यस्तै पर्यटन, सडक सञ्जालसहित कनेक्टिभिटीसका विषयमा पनि सहमति भएको जनाइएको छ । द्विपक्षीय वार्तालाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रमणका लागि चिनियाँ राष्ट्रपति सी जिनपिङलाई धन्यबाद दिनुभयो । सी को भ्रमणले दुई देशबिचको सम्बन्ध थप उचाइमा पुग्ने विश्वास लिएको ओलीले बताउनुभयो ।

वार्तामा नेपाली टोलीमा गृह मन्त्री, अर्थमन्त्री, परराष्ट्र मन्त्री, पर्यटन मन्त्री, उर्जा मन्त्रीसहितको पनि सहभागिता थियो । यस्तै चिनियाँ विदेशमन्त्री, नेपालका लागि चिनियाँ राजदूतसहितको पनि सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

समयमै बजेट नपुग्ने जोखिम, ६४ पालिकाले मात्र बजेट सार्वजनिक

सम्बन्धित

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group