ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जापानमा आधीका कारण मृत्यु हुनेको संङख्या १८ पुग्यो, नेपाली समुदाय भने सुरक्षित


एबीसी न्यूज

टोकियो, २६ असोज । भारी वर्षा सहितको शक्तिशाली आधि (सुपर-ताईफुन)का कारण जापानमा ज्यान गुमाउनेको संख्या १८ पुगेको छ । हागिबिस नाम दिईएको ताईफुनले १३ जना बेपत्ता भएकाे र १४९जना बढी घाईते भएकाे जापानी टेलिभिजन एनएचकेले जनाएको छ । ९० हजार नेपाली रहेको जापानमा सबै नेपाली सुरक्षित रहेकाे टोकियो स्थित दुतावासले जनाएको छ ।

आईतबार दिउसो २ बजे सम्म सबै नेपाली सुरक्षित रहेको नेपाली दुताबासका उपनियोग प्रमुख कृष्ण चन्द्र अर्यालले जानकारी दिनुभयो । एबिसी न्युजसंग टेलिफोनमा कुरा गर्दै उपनियोग प्रमुख अर्यालले संम्भावित क्षेत्रका नेपाली अगुवा र आधिकारीक निकायसंग सम्पर्क भईरहेको र अहिले सम्म सबै नेपाली सुरक्षित रहेको बताउनुभयो ।

६० वर्ष यताकै शक्तीशाली मानिएको ताईफुनले ठूलो धनजनको समेत क्षती पुर्याएको छ । ताइफुसँगै आएको भारी वर्षाले नदीहरुमा पानीको बहाव बढेसँगै टोकियो लगायत जापानका कयौं स्थानमा आवासीय क्षेत्रहरु डुबानमा समेत परेका छन् । कतै विद्युत खानेपानी आपुर्ती पनि बन्द भएको छ । चिकुमा नदीको किनार भत्किदा मध्य जापानको शहर नागानो सबै भन्दा धेरै प्रभावित भएको छ ।

नदीको पानी आवासिय क्षेत्रमा पसेको र त्यहाँको केही स्थान भने बाढीको पानीले ५ मिटरसम्म डुबेको भु–मन्त्रालयको अनुमान छ । जापानको मुख्य टापु होन्शुमा ६० लाख मानिसहरुलाई सो स्थान छाडेर सुरक्षित स्थानमा जान सुझाव दिइएको छ । त्यस्तै अर्को क्षति पुर्याएको इचिहारा, चिबा प्रान्तका केही स्थानमा १२ घरहरु क्षतविक्षत भएका छन् भने ७० भन्दा धेरै घरमा क्षति पुगेको छ ।

केही प्रिफेक्चरहरुमा घरहरु उडाएका छन् । प्रभावित क्षेत्रहरु मध्य, पूर्वी र उत्तरपश्चिममा उद्धार कार्य भइरहेकोले क्षतीको पुरै विवरण भने आईसकेको छैन । जापानको राजधानी टोकियो , सहित चिवा, गुन्मा, सैतामा, कानागावा, यामानशी, नागानो र शिजुओकालाई उच्च जोखिमको क्षेत्र मानिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अमेरिकाको विरोधका बीच जी–ट्वान्टी शिखर सम्मेलन सम्पन्न

मोदी–नीतिश गठबन्धनलाई २०२ सिट, विपक्षी ३५ मै सीमित

फिलिपिन्समा आँधी ‘कलमेगी’ को प्रभाव : दशौँ हजार नागरिकलाई सुरक्षित ठाउँमा सारियो

थाइल्यान्डकी पूर्वमहारानी सिरिकितको ९३ वर्षको उमेरमा निधन

भारतको राजस्थानमा गुडिरहको बसमा आगलागी हुँदा २० जनाको मृत्यु

बन्धक रिहाइका लागि इजरायल जाँदै ट्रम्प, भने– गाजामा युद्ध समाप्त भयो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com