काठमाडौं २६ असोज । नेपालको दुुई दिने राजकीय भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी जिनपिङ र सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय सदस्यहरूबीच आइतबार सामूहिक भेटवार्ता भएको छ।
अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा बिहान १०ः ३० बजेदेखि होटल सोल्टीमा राष्ट्रपति पीङसंग सामूहिक भेटघाट भएको हो। सचिवालय सदस्यहरूसँगको भेटवार्तापछि राष्ट्रपति सी र अध्यक्ष दाहालबीच वान टु वान भेटवार्ता हुने उनको सचिवालयले जनाएको छ।
दुई दिने नेपाल भ्रमण सकेर राष्ट्रपति सी आज दिउँसो १ बजे चीनतर्फ प्रस्थान गर्ने छन्।
प्रतिक्रिया दिनुहोस्