जापान, , २५ असोज । प्राकृतिक प्रकोपको जोखिम सामाना गर्दै आईरहेको जापानमा शनिबारदेखि हागिबिस नामको सुपर-ताईफुन प्रवेश गरेको छ ।
ईतिहासकै शक्तिशाली मानिएको भारी वर्षा सहितको आंधी (ताइफुन)का कारण जनमानसमा त्रास समेत बढेको छ । जापानको मौसम विभागले सुपर-ताईफुन ‘हागीबिसका कारण हुनसक्ने सम्भावित खतरालाई मध्यनजर गर्दै आपतकालिन चेतावनी जारी गरेको छ । मौसम विभागका अनुसार यो चेतावनी टोकियो सहित अन्य प्रान्तहरू चिवा, गुन्मा, सैतामा, कानागावा, यामानशी, नागानो र शिजुओकामा लागू हुनेछ । भारी वर्षा सहितको हावाहुरीले सम्भावित क्षेत्रहरुमा खतराको तह बढ्दै गएको छ । खतराको तह बढदै गएकोले सतर्कता अपनाउन आकस्मिक सुचना जारी गरेको छ ।
आईतबार सांझ सम्म रहने ताईफुनको प्रभाव शनिबार मध्यान्नबाट देखिन थालेको हो । २ दिन सम्म रहने भएकोले सम्भावित क्षेत्रहरुमा सिटी कार्यालयले मोबाईलमै सुरक्षित ठाउँको ठेगाना सहित पटक पटक आकस्मिक सुचना जारी गरेका छन् ।
अहिलेसम्म चिवा र सिजुओका प्रान्तमा ठूलो धनजनको समेत क्षेती भएको छ । हागिबिसका कारण कार पल्टिँदा चिबा प्रान्तमा एक जनाको ज्यान गएको छ भने चार जना घाइते भएकाे जापानको सरकारी टेलिभिजन एनएचकेले जनाएको छ । त्यस्तै १२ हजार घरहरुमा विद्युत आपूर्ति समेत बन्द भएको छ । ताईफुनकै कारण बिहानदेखि टोकियो महानगर क्षेत्रमा रेल सेवा र हवाई सेवा समेत ठप्प भएको छ । प्रदायक कम्पनीहरुले अधिकांश सेवा स्थगित गरेकाे सुचना जारी गरेका छन् । स्थानीय संचारमाध्यमका अनुसार अहिले सम्म १२ जनाको ज्यान गएको छ भने १ सय बढी घाईते भएका छन् ।
प्रतिक्रिया दिनुहोस्