ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चिनियाँ सहयोगमा अत्याधुनिक बन्दै दुई व्यापारिक नाका


एबीसी न्यूज

काठमाडौं, २५ असोज । नेपाल र चीनबीचको दुई महत्वपूर्ण नाकामध्ये तातोपानी नाकामा सुक्खा बन्दरगाह निर्माण भई सञ्चालनमा आइसकेको छ भने रसुवागढीमा निर्माण कार्य शुरु भएको छ । अत्याधुनिक सुविधासहितको तातोपानी नाकाभन्दा कूल छ किलोमिटर तल लार्चामा निर्माण भएको सुक्खा बन्दरगाहले दुई देशको व्यापार विस्तारलाई थप सहज बनाएको छ । यस्तै आगामी ३० महीनाभित्र रसुवागढीमा सुक्खा बन्दरगाह निर्माणसक्ने लक्ष्य राखिएको नेपाल इन्टरमोडल यातायात विकास समितिले जनाएको छ ।

गोरखा भूकम्पको त्रासदिपछि करीब चार वर्ष बन्द भएको तातोपानी नाका गत जेठदेखि सञ्चालनमा आयो । सो नाका सञ्चालनमा ल्याउन नेपालले गरेको आग्रहलाई स्वीकार गर्दै चीनले दुई देशबीचको व्यापार तथा वाणिज्यको विस्तारमा सहयोग ग¥यो । दुई देशबीचको मैत्री सम्बन्धको परिचयका रुपमा स्थापित रहेको अरनिको राजमार्गसमेत चिनियाँ सहयोगमा नै निर्माण भएको हो ।

चिनियाँ राष्ट्रपति सी चिनफिङको आजदेखि हुन लागेको दुई दिवसीय नेपाल भ्रमणका क्रममा समेत सो राजमार्गको स्तरोन्नतिलगायतका विषयसमेत समावेश भएको जनाइएको छ । सो सडक विस्तार र स्तरोन्नति भएपछि दुई देशबीचको सम्बन्ध, आर्थिक विकास र विस्तारमा समेत थप नयाँ आयाम स्थापित हुने विश्वास लिइएको छ ।

सोही नाका खुलेपछि क्रमशः दुईदेशीय व्यापारमा नयाँ आयाम थपिएको छ । सोही नाकामा नै सुक्खा बन्दरगाहसमेत सञ्चालनमा आइसकेको छ । सुक्खा बन्दरगाहले दुई देशको व्यापार विस्तारका लागि सहज मात्रै बनाएको छैन । अत्याधुनिक सेवा सुविधासमेत पाएका छन् । प्राकृतिक विपत्तिले दिएको पीडामा आम नेपाली परिरहेका बेला चीनले खुला हृदयका साथ सहयोग गरेको थियो । तातोपानी नाका खुलेपछि काठमाडौँ ल्याउनुपर्ने सामान लामो समय लगाएर कोलकाता बन्दरगाह हुँदै घुमाएर ल्याउनुपर्ने समस्याकोसमेत अन्त्य भएको छ । रोजगारीका अवसरमा समेत वृद्धि भएको छ ।

नाका खुलेपछि उद्योगी व्यवसायीमा पनि ठूलो आशाको सञ्चार भएको छ । उनीहरु विगतको जस्तै नाका व्यस्त हुँदै गएको र व्यापार व्यवसाय फस्टाउँदै जाने अपेक्षामा रहेका छन् । भूकम्पबाट खण्डहर भएको सडक निर्माण भइरहेको छ । त्यसलाई थप विस्तार गर्ने नेपालको कार्यसूची छ । भूकम्पपछि निर्माण भएको नेपाल–चीन जोड्ने मितेरी पुल विगतकोभन्दा फराकिलो बनाइएको छ । भूकम्प र बाढीपहिरोका कारण तहसनहस भएको भोटेकोशीको किनार लार्चामा अत्याधुनिक भवन देखिन्छ । आकर्षक पुल तरेपछि देखिने भव्य भवन र संरचना सुक्खा बन्दरगाहसमेत सञ्चालनमा आइसकेको छ ।

चिनियाँ कम्पनी चाइना रेल्वे १४औँ ब्यूरो समूहले लार्चामा निर्माण गरेको सुक्खा बन्दरगाह कुनै अत्याधुनिक विमानस्थलभन्दा कम छैन । नेपाल इन्टरमोडल यातायात विकास समितिले सो बन्दरगाहलाई सञ्चालनमा ल्याइसकेको छ । अत्याधुनिक संरचनासहितको उक्त पूर्वाधारले पनि व्यापार व्यवसायको प्रवद्र्धन गर्न सहयोग पु¥याउनेछ ।

कूल चार दशमलब दुई हेक्टरमा निर्माण भएको बन्दरगाहमा १५८ ठूला कन्टेनर र २३ वटाभन्दा बढी कार अट्ने इन्टरमोडल यातायात विकास समितिले जनाएको छ । भन्सार रहेको क्षेत्रमा ६० देखि १०० मेट्रिकटनसम्म तौल गर्नसक्ने मेसिनसमेत जडान गरिएको छ । महाभूकम्पले तोडेको देशको ‘जीवनरेखा’ सञ्चालनमा ल्याउन नेपाल सरकारको जस्तै चीन सरकारको पनि उत्तिकै चासो तथा हुटहुटी देखायो र समयमै काम भयो ।

यस्तै चीन सरकारको सहयोगमा नै केही दिन पहिलेदेखि रसुवागढी नाकामा सुक्खा बन्दरगाह निर्माण शुरु भएको छ । केही समयपछि निर्माण कार्यले थप गति लिने विश्वास गरिएको छ । कूल ३० महीनामा सम्पन्न गर्ने गरी बन्दरगाह निर्माण शुरु भएको छ ।

बन्दरगाह निर्माणका लागि जग्गा सम्याउने काम शुरु भएको छ । निर्माण व्यवसायीले निर्माण सामग्री आयात तथा बासस्थान निर्माणको काम शुरु गरेको छ । बन्दरगाह निर्माणको जिम्मा तिब्बेत फुली कन्स्ट्रक्सनले पाएको छ । रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२, टिमुरेमा बन्ने बन्दरगाहका लागि आवश्यकपर्ने जग्गा सरकारले अधिग्रहण गरिसकेको छ ।

लाङ्टाङ राष्ट्रिय निकुञ्जको पाँच हेक्टर, स्थानीयको ५८ रोपनी र विभिन्न सरकारी स्वामित्वमा रहेको १०९ रोपनी गरी आठ हेक्टर जग्गा अधिग्रहण गरिएको छ । चिनियाँ लगानीमा चिनियाँ निर्माण व्यवसायीले नै काम गरी नेपाल सरकारलाई हस्तान्तरण गर्ने सम्झौतामा उल्लेख छ ।

इन्टरमोडल यातायात विकास समितिले २०७५ माघ १ गते चीनको छेन्दुमा पुगेर उक्त सुक्खा बन्दरगाहको डिजाइन स्वीकृति गरेको थियो । बन्दरगाहामा पार्किङस्थल, गोदाम घर, प्रशासनिक भवन, जाँचपास स्थल, भन्सार, क्वारेनटाइन, बैंक, प्रयोगशाला रहनेछ । यस्तै ३५० मालवाहक सवारी पार्किङ गर्न सकिने डिजाइनमा उल्लेख छ ।

भूकम्पपछि अवरुद्ध हुन पुगेको नेपाल–चीनबीचको प्राचीन व्यापारिक रसुवागढी नाकाको व्यवस्थित सञ्चालनका लागि चिनियाँ पक्षले मितेरी पुलको पुनःनिर्माण गरिसकेको छ । नेपालतर्फ पनि नाका व्यवस्थापन र सडक स्तरोन्नतिका काम भइरहेको छ ।

चिनियाँ राष्ट्रपति सी चिनफिङको राजकीय नेपाल भ्रमणमा क्रममा केरुङ–काठमाडौँ रेलमार्गको लगानीको ढाँचाका विषयमा हुने छलफलको तयारीले यो नाकाको चर्चा पुनःशिखरमा पुगेको छ । सोही नाका भएर केरुङ–काठमाडौँ रेलमार्ग र रातमाटे–केरुङ ४०० केभी प्रसारण लाइनसमेत निर्माण गर्ने लक्ष्य राखिएको छ ।

रेलमार्ग निर्माण भएमा चीनसँगको लगानी, व्यापार र पर्यटक आवागमनमा उल्लेख्य वृद्धि हुने अपेक्षा रहेको छ । हिमालयन वारपार बृहत् सम्पर्क सञ्जालमा नेपालले सहमति जनाइसकेकाले भावी दिनमा सहकार्यको दायरा फराकिलो हुने देखिँदा त्यसबाट नाका जोडिएको जिल्लाले मात्रै नभई समग्र देशले नै प्रत्यक्ष लाभ लिनसक्ने विश्वास छ ।

चिनियाँ राष्ट्रपति सीको भ्रमणको पूर्वसन्ध्यामा यही असोज २३ गते प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाउनुभएको पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री र विज्ञको बैठकमा रेलमार्गको लगानीको ढाँचा, सुरुङसहित बेत्रावती रसुवागढी दोहोरो मार्गको सडक निर्माण, टोखा छहरे सुरुङ निर्माण, विद्युत् र कनेक्टिभिटीसहित अन्य विभिन्न नाकाको सञ्चालन लगायतका विषयमा चिनियाँ पक्षसँग वार्ता हुने जानकारी दिइएको थियो ।
–––

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com