ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सीको सवारी हुँदा सडक किनारमा उभिन नपाइने


एबीसी न्यूज

 

काठमाडौं, २५ असोज । चिनियाँ राष्ट्रपति सी जिनपिङको सवारीका क्रममा सडक किनारा पनि खाली गराइने भएको छ । राष्ट्रपति सी दुई दिने नेपाल भ्रमणका क्रममा आज शनिबार अपराह्न काठमाडौं आइपुग्दैछन् । काठमाडौं प्रहरीका अनुसार, सीको सवारीका क्रममा सडक पूर्ण रुपमा खाली गरिनेछ भने सडकको दुई किनारमा हिँडडुल गर्न तथा उभिएर हेर्नसमेत रोक लगाइनेछ । चिनियाँ राष्ट्रपति सी चिनफिङको स्वागत र विदाइका बेला काठमाडौंस्थित सरकारी कार्यालयका निजामती कर्मचारीलाई पनि सडकमा राखिने भएको छ ।

सीको स्वागत र विदाइमा माइतीघरदेखि बानेश्वरसम्म कर्मचारी राख्न लागिएको हो। निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनका अध्यक्ष पुण्यप्रसाद ढकालका अनुसार राष्ट्रपति सीको स्वागतका लागि कर्मचारीलाई शनिबार अपरान्ह ३ बजे उपस्थित भइसक्न निर्देशन आएको छ। शनिबार भारतको चेन्नईबाट काठमाडौं ओर्लन लागेका सी आइतबार १ बजे स्वदेश फर्कने कार्यक्रम छ ।

आजदेखि हुने नेपालको राजकीय भ्रमणका क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान र अवतरण करिब पाँच घण्टा बन्द हुने भएको छ भने विमानस्थल दुई दिन नै प्रभावित हुने भएको छ। चिनियाँ राष्ट्रपति सी शनिबार दिउँसो ४ः३० देखि ५/३० को बीचमा काठमाडौं अवतरण गर्ने कार्यतालिका छ । शनिबार र आइतबार हुने उडानबारे विमानस्थलले नोटाम ९नोटिस टू एयरमेन० जारी गर्दैछ । नोटाम उड्डयनकर्मीका लागि जारी गरिने सूचना हो। विमानस्थलले नोटाम जारी गरेपछि वायुसेवा कम्पनीहरूले आफ्ना उडान भिभिआइपीको जहाज आउने र जाने समयअघि वा पछि अनिवार्य सार्नुपर्ने हुन्छ ।

राष्ट्रपति सी आउँदा र फर्कँदा दुवै समयमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने सबै उडान र अवतरण रोकिने छ। राष्ट्रपति सी आउने बेला साढे दुई घण्टा र फर्कने बेला ३ घण्टा विमानस्थलमा अन्य जहाज उडान र अवतरण रोकिने त्रिभुवन विमानस्थलले जनाएको छ। शनिबार यो समय दिउँसो २ बजेर ५५ मनिने देखि पाँच बजेर २५ मिनेटसम्मको लागि तोकिएको छ। आइतबार बिहान ११/२० देखि दिउँसो १स्५० सम्म तोकिएको छ।

राष्ट्रपति सी चढेको विमान अवतरण भएपछि मात्रै अन्य विमानले उड्न र अवतरण गर्न पाउनेछन् । राष्ट्रपति सी १२ः३० मा स्वदेश फर्कने कार्यतालिका छ । दुई दिने नेपाल भ्रमणमा आउन लागेका चीनका राष्ट्रपति सीलाई राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विमानस्थलमा नै पुगेर स्वागत गर्ने कार्यक्रम छ । राष्ट्रपति सी शनिबार भारतको तमिलनाडुमा रहेको चेन्नई अन्तर्राष्ट्रिय विमानस्थलबाट सोझै काठमाडौंमा रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com