ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सीको सवारी हुँदा सडक किनारमा उभिन नपाइने


एबीसी न्यूज
२५ आश्विन २०७६, शनिबार   २ : ३६   बजे

 

काठमाडौं, २५ असोज । चिनियाँ राष्ट्रपति सी जिनपिङको सवारीका क्रममा सडक किनारा पनि खाली गराइने भएको छ । राष्ट्रपति सी दुई दिने नेपाल भ्रमणका क्रममा आज शनिबार अपराह्न काठमाडौं आइपुग्दैछन् । काठमाडौं प्रहरीका अनुसार, सीको सवारीका क्रममा सडक पूर्ण रुपमा खाली गरिनेछ भने सडकको दुई किनारमा हिँडडुल गर्न तथा उभिएर हेर्नसमेत रोक लगाइनेछ । चिनियाँ राष्ट्रपति सी चिनफिङको स्वागत र विदाइका बेला काठमाडौंस्थित सरकारी कार्यालयका निजामती कर्मचारीलाई पनि सडकमा राखिने भएको छ ।

सीको स्वागत र विदाइमा माइतीघरदेखि बानेश्वरसम्म कर्मचारी राख्न लागिएको हो। निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनका अध्यक्ष पुण्यप्रसाद ढकालका अनुसार राष्ट्रपति सीको स्वागतका लागि कर्मचारीलाई शनिबार अपरान्ह ३ बजे उपस्थित भइसक्न निर्देशन आएको छ। शनिबार भारतको चेन्नईबाट काठमाडौं ओर्लन लागेका सी आइतबार १ बजे स्वदेश फर्कने कार्यक्रम छ ।

आजदेखि हुने नेपालको राजकीय भ्रमणका क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान र अवतरण करिब पाँच घण्टा बन्द हुने भएको छ भने विमानस्थल दुई दिन नै प्रभावित हुने भएको छ। चिनियाँ राष्ट्रपति सी शनिबार दिउँसो ४ः३० देखि ५/३० को बीचमा काठमाडौं अवतरण गर्ने कार्यतालिका छ । शनिबार र आइतबार हुने उडानबारे विमानस्थलले नोटाम ९नोटिस टू एयरमेन० जारी गर्दैछ । नोटाम उड्डयनकर्मीका लागि जारी गरिने सूचना हो। विमानस्थलले नोटाम जारी गरेपछि वायुसेवा कम्पनीहरूले आफ्ना उडान भिभिआइपीको जहाज आउने र जाने समयअघि वा पछि अनिवार्य सार्नुपर्ने हुन्छ ।

राष्ट्रपति सी आउँदा र फर्कँदा दुवै समयमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने सबै उडान र अवतरण रोकिने छ। राष्ट्रपति सी आउने बेला साढे दुई घण्टा र फर्कने बेला ३ घण्टा विमानस्थलमा अन्य जहाज उडान र अवतरण रोकिने त्रिभुवन विमानस्थलले जनाएको छ। शनिबार यो समय दिउँसो २ बजेर ५५ मनिने देखि पाँच बजेर २५ मिनेटसम्मको लागि तोकिएको छ। आइतबार बिहान ११/२० देखि दिउँसो १स्५० सम्म तोकिएको छ।

राष्ट्रपति सी चढेको विमान अवतरण भएपछि मात्रै अन्य विमानले उड्न र अवतरण गर्न पाउनेछन् । राष्ट्रपति सी १२ः३० मा स्वदेश फर्कने कार्यतालिका छ । दुई दिने नेपाल भ्रमणमा आउन लागेका चीनका राष्ट्रपति सीलाई राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विमानस्थलमा नै पुगेर स्वागत गर्ने कार्यक्रम छ । राष्ट्रपति सी शनिबार भारतको तमिलनाडुमा रहेको चेन्नई अन्तर्राष्ट्रिय विमानस्थलबाट सोझै काठमाडौंमा रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशनमा मतदान जारी

कोलम्बियामा ट्रम्प समर्थित दक्षिणपन्थी करोडपति उम्मेदवारको जित, वामपन्थी इभान सेपेदाले स्वीकारे हार

सम्बन्धित

इरानी राष्ट्रपति पेजेस्कियान पाकिस्तान भ्रमणमाः द्विपक्षीय र क्षेत्रीय मुद्दामा छलफल हुने

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group