ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जुवा खालमा बाँके प्रहरीको छापा : २ लाखसहित १७ जुवाडे पक्राउ


एबीसी न्यूज
२४ आश्विन २०७६, शुक्रबार   ३ : ०७   बजे

नेपालगञ्ज, २४ असोज । जुवा खालमा छापा मारेर बाँकेको नेपालगञ्जबाट प्रहरीले १ लाख ८३ हजार ९ सय रुपैयाँसहित १७ जनालाई पक्राउ गरेको छ । बिहीबार राती जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको बिशेष प्रहरी टोलीले नेपालगञ्ज उपमहानगरपालिका ४ गणेशपुरको एक घरमा छापा मारेर जुवाडेहरुलाई पक्राउ गर्न सफल भएको हो

। १ लाख ८३ हजार ९ सय रुपैयाँसहित जुवाडेहरुलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक शिवबहादुर ंिसंहले पुष्टी गरे । ‘केही जुवाडेहरुलाई १ लाख ८३ हजार बढी रकम सहित पक्राउ गरेका छौं’ उनले भने, ‘अहिले यसबारे सबै कुरा मलाई थाहा भएन मुद्दा फाँटलाई सोध्नुहोला ।’ मुद्दा फाँटका इन्चार्ज प्रहरी निरीक्षक दिपक मल्लले भने जुवा खालमा छापा हान्नु र जुवाडे पक्राउ पर्नु सामान्य घटना भएको बताए ।

‘अहिले जुवाडे पक्राउ पर्नु सामान्य कुरा हो’ उनले भने, ‘हिजो राती पनी केही जुवाडेहरु पक्राउ परेका छन् ।’ प्रहरी निरीक्षक मल्लका अनुसार नेपालगञ्ज ४ गणेशपुरमा रहेको टेक बहादुर थापा क्षेत्रीको घरमा जुवा भइरहेको अवस्थामा छापा मार्दा उनीलाई रकमसहित नियन्त्रणमा लिइएको थियो । उनले पक्राउ परेका अन्य १६ जनाको नाम र ठेगाना भने खुलाउन चाहेनन् । ‘तपाईलाई पक्राउ परेकाहरुको नाम र ठेगाना दिन माथिको आदेश चाहिन्छ’ उनले भने, ‘पक्राउ परेकाहरुलाई कानुन अनुसार कारबाही हुन्छ ।’ घरधनी थापाक्षेत्रीलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ । सुरक्षा स्रोतबाट नै प्राप्त विवरण अनुसार पक्राउ अधिकांश यस क्षेत्रका पेशेवर जुवाडेहरु नै रहेका छन् ।

प्रहरीको मिलोमतो नै नेपालगञ्ज क्षेत्रमा जुवा फस्टाइरहेको प्रहरीलाई आरोप लागिरहेको बेला बिहीबार राती प्रहरीले जुवा खालमा छापा मारेको हो । अझै पनी नेपालगञ्ज क्षेत्रमा प्रहरीको मिलोमतोमा नै ठूला जुवाहरु भैरहेको बताइन्छ । इलाका प्रहरी कार्यालय कोहलपुर भने केही दिन यता जुवा विरुद्द अपरेशन नै चलाएर धमाधम जुवा खालबाट रकमसहित जुवाडेहरु पक्राउ गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group