ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जुवा खालमा बाँके प्रहरीको छापा : २ लाखसहित १७ जुवाडे पक्राउ


एबीसी न्यूज

नेपालगञ्ज, २४ असोज । जुवा खालमा छापा मारेर बाँकेको नेपालगञ्जबाट प्रहरीले १ लाख ८३ हजार ९ सय रुपैयाँसहित १७ जनालाई पक्राउ गरेको छ । बिहीबार राती जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको बिशेष प्रहरी टोलीले नेपालगञ्ज उपमहानगरपालिका ४ गणेशपुरको एक घरमा छापा मारेर जुवाडेहरुलाई पक्राउ गर्न सफल भएको हो

। १ लाख ८३ हजार ९ सय रुपैयाँसहित जुवाडेहरुलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक शिवबहादुर ंिसंहले पुष्टी गरे । ‘केही जुवाडेहरुलाई १ लाख ८३ हजार बढी रकम सहित पक्राउ गरेका छौं’ उनले भने, ‘अहिले यसबारे सबै कुरा मलाई थाहा भएन मुद्दा फाँटलाई सोध्नुहोला ।’ मुद्दा फाँटका इन्चार्ज प्रहरी निरीक्षक दिपक मल्लले भने जुवा खालमा छापा हान्नु र जुवाडे पक्राउ पर्नु सामान्य घटना भएको बताए ।

‘अहिले जुवाडे पक्राउ पर्नु सामान्य कुरा हो’ उनले भने, ‘हिजो राती पनी केही जुवाडेहरु पक्राउ परेका छन् ।’ प्रहरी निरीक्षक मल्लका अनुसार नेपालगञ्ज ४ गणेशपुरमा रहेको टेक बहादुर थापा क्षेत्रीको घरमा जुवा भइरहेको अवस्थामा छापा मार्दा उनीलाई रकमसहित नियन्त्रणमा लिइएको थियो । उनले पक्राउ परेका अन्य १६ जनाको नाम र ठेगाना भने खुलाउन चाहेनन् । ‘तपाईलाई पक्राउ परेकाहरुको नाम र ठेगाना दिन माथिको आदेश चाहिन्छ’ उनले भने, ‘पक्राउ परेकाहरुलाई कानुन अनुसार कारबाही हुन्छ ।’ घरधनी थापाक्षेत्रीलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ । सुरक्षा स्रोतबाट नै प्राप्त विवरण अनुसार पक्राउ अधिकांश यस क्षेत्रका पेशेवर जुवाडेहरु नै रहेका छन् ।

प्रहरीको मिलोमतो नै नेपालगञ्ज क्षेत्रमा जुवा फस्टाइरहेको प्रहरीलाई आरोप लागिरहेको बेला बिहीबार राती प्रहरीले जुवा खालमा छापा मारेको हो । अझै पनी नेपालगञ्ज क्षेत्रमा प्रहरीको मिलोमतोमा नै ठूला जुवाहरु भैरहेको बताइन्छ । इलाका प्रहरी कार्यालय कोहलपुर भने केही दिन यता जुवा विरुद्द अपरेशन नै चलाएर धमाधम जुवा खालबाट रकमसहित जुवाडेहरु पक्राउ गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com