ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रहरी सेवा जिम्मेवार बनोस्– मुख्यमन्त्री राउत


एबीसी न्यूज

कठमाडौं, २३ असोज । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले प्रहरी सेवालाई समयसापेक्ष बनाउनु आवश्यक भएको बताउनुभएको छ । ६४औँ प्रहरी दिवस–२०७६ का अवसरमा प्रदेश नं २ प्रहरी कार्यालयद्वारा आज जनकपुरधाम आयोजित समारोहमा मुख्यमन्त्री राउतले पुरानै कार्यशैलीबाट शान्तिसुरक्षा कायम असम्भव रहेको प्रसङ्ग उल्लेख गर्नुभयो । उहाँले प्रहरीले निर्दोषलाई दोषी बनाउने क्रियाकलापको अन्त्य गर्दै मुस्कानसहितको सेवालाई चरितार्थ गर्नु जरुरी छ भन्नुभयो ।

मुख्यमन्त्री राउतले प्रहरी हाम्रै बीचको साथी नै हो भन्ने भावनाको विकासका लागि हिजोका विकृति र कमी–कमजोरीबाट उन्मुक्ति पाउनु आवश्यक छ भन्दै पुरानो सोच त्याग गरी इमान्दारीका साथ जिम्मेवारी बहन गर्नुपर्ने खाँचो औँल्याउनुभयो ।

प्रदेश सरकार प्रहरी सङ्कायलाई सङ्घीयताअनुरूप प्रविधियुक्त र स्रोतसाधनले सम्पन्न बनाउने सन्दर्भमा गम्भीर रहेको चर्चा गर्दै उहाँले प्राकृतिक विपद्का बेला प्रहरीले पु¥याएको सेवा प्रशंसनीय भएको प्रसङ्ग उल्लेख गर्नुभयो । हिजोका दिन बिर्सिंदै प्रहरी सङ्कायलाई समसामयिक हिसाबले तयार गर्नुपर्नेमा जोड दिँदै उहाँले प्रदेश सरकार प्रहरी सेवा जिम्मेवार बनोस् भन्ने चाहना राखेको बताउनुभयो ।

आन्तरिक मामिला र कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले सङ्घीय संरचना अनुरूपको नयाँ प्रहरी ऐन निर्माणको खाँचो आँैल्याउनुभयो ।
प्रहरीको क्षमता अभिवृद्धि, वृत्ति विकास, समयसापेक्ष कार्य सम्पादन योग्य बनाउने व्यवस्थापनका लागि सरकार गम्भीर रहेको पनि उहाँले बताउनुभयो । समारोहमा प्रहरी नायब महानिरीक्षक प्रद्युम्नकुमार कार्कीले प्रहरीका गतिविधि बारेमा जानकारी गराउनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com