ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तनहुँका २४३ उद्योग खारेज


एबीसी न्यूज

काठमाडौं, २३ असोज ।  घरेलु तथा साना उद्योग विकास समिति मुख्य शाखा कार्यालय दमौलीले जिल्लाका २४३ उद्योग खारेज गरेको छ । कार्यालयले आव २०७५/७६ मा जिल्लामा दर्ता भएका कूल आठ हजार ११५ मध्ये २४३ उद्योग खारेज गरेको हो ।

उद्योग सञ्चालनका लागि दर्ता गराए पनि लामो समयसम्म निष्क्रिय रहेका उक्त उद्योग खारेज गरिएको कार्यालयका प्रमुख नारायणप्रसाद ढकालले जानकारी दिनुभयो । खारेज हुने उद्योगमा सेवामूलक, उत्पादनमूलक, कृषि तथा वन पैदावरमा आधारित उद्योग रहेका छन् ।

औद्योगिक व्यवसाय ऐन २०७३ अनुसार उद्योगीले उद्योग चलाउन नसक्ने भनी कारणसहित निवेदन दिएमा, शर्त तथा निर्देशन पालना नगरेमा, लामो समयसम्म नवीकरण नगरेमा उद्योग खारेज हुने प्रावधान छ । उद्योग खारेजी गर्न पनि उद्योग सञ्चालकले शुल्क तिरेर खारेजी गराउनुपर्ने प्रावधान रहेको छ । उद्योग खारेजी गर्दा प्रतिवर्षको पाँच हजार र नवीकरण गर्दा लाग्ने दस्तुरको तेब्बर दस्तुर तिरेर मात्र खारेजी गर्न सकिने प्रावधान छ ।

कार्यालयमा कूल आठ हजार ११५ उद्योग दर्ता भए पनि छ हजार ८९ उद्योग चालू अवस्थामा रहेका छन् । कार्यालय प्रमुख ढकालका अनुसार गत आर्थिक वर्षमा मात्रै जिल्लामा एक हजार १३५ उद्योग दर्ता भएको छ । उक्त अवधिमा उत्पादनमूलकतर्फ १४३, कृषि तथा वनजन्यतर्फ ४९९, सेवामूलकतर्फ २९५, पर्यटनमूलकतर्फ १९२, निर्माणतर्फ छ उद्योग दर्ता भएका छन् । दर्ता भएर सञ्चालनमा आएका घरेलु उद्योगमा रु एक अर्ब सात करोड ३८ लाख ७५ हजार ५५१ लगानी भएको कार्यालयले जनाएको छ ।

जिल्लामा सबैभन्दा बढी कृषि तथा वनजन्यतर्फ उद्योग दर्ता भएको छ । “कृषि र पशुपालनमा युवाको आकर्षण बढेसँगै कृषिसम्बन्धी उद्योग दर्ता वृद्धि भएको छ”, ढकालले भन्नुभयो ।

जिल्लामा दर्ता भएका उद्योगमध्ये ८४ लघु, २३ घरेलु र एक हजार २८ साना उद्योग रहेका छन् । कार्यालयमा आर्थिक वर्ष ०७४÷७५ मा ७८८ उद्योग दर्ता भएको थियो । जसमध्ये १४६ लघु उद्योग, ५९३ साना उद्योग र ४९ घरेलु उद्योग रहेका थिए ।

कार्यालयका अनुसार दर्ता भएका उद्योगबाट वार्षिक रु एक अर्ब ४१ करोड दुई लाख २१ हजार ९२० बराबरको वस्तु उत्पादन हुन्छ । ती उद्योगमा एक हजार २८४ महिला र एक हजार ९९५ पुरुष गरी तीन हजार २७९ जनाले रोजगारी पाएका छन् । उद्योग दर्ताबाट ३०७ महिला र ९२५ पुरुष गरी एक हजार २३२ जना उद्यमी बनेका छन् ।

कार्यालयले उद्योग दर्ताबापत आर्थिक वर्ष ०७५/७६ मा रु एक करोड ५९ लाख ३० हजार ४७२ राजश्व सङ्कलन गरेको छ । दर्ता भएको एक हजार १३४ मध्ये ७३० उद्योगले नवीकरण, ६७ उद्योगले नामसारी, नौ उद्योगले ठाउँसारी, ३८ उद्योगले उद्देश्य थप, ६० उद्योगले लगत कट्टा गरेका छन् भने १०२ उद्योगले प्रतिलिपि र ५० उद्योगले पूँजीवृद्धि गरेका छन् ।

रु एक लाखसम्म पूँजी भएको उद्योगले रु एक हजार १००, तीन लाखसम्म पूँजी भएकोले रु तीन हजार १००, रु पाँच लाखसम्म पूँजी भएकोले रु छ हजार १००, रु ५० लाखसम्म पूँजी भएकोले रु १२ हजार १००, रु एक करोडसम्म पूँजी भएकोले रु २० हजार १००, रु पाँच करोडसम्म पूँजी भएकोले रु ३० हजार १०० र रु पाँच करोडभन्दा माथि पूँजी भएको उद्योगले रु ५० हजार ११० दर्ताबापत शुल्क बुझाउनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com