सिरहा, २३ असोज । सिरहाको बरीयारपट्टी गाउँपालिका वडा नम्बर-१ स्थित कचनारी बाट लागु औषध सहित प्रहरीले ३ जना युवालाई पक्राउ गरेको छ ।
प्रहरी चौकी कचनारीबाट खटिएको गस्तिटोलीले कचनारी चौक स्थित भारतबाट नेपाल तर्फ आउदै गरेको सप्तरी जिल्लाको सुरुङ्गा नगरपालिका वडा नम्बर -३ बस्ने दिप नारायण चौधरीको १८ वर्षीय छोरा बिवेक कुमार चौधरी, शम्भु प्रसाद चौधरीको १८ वर्षीय छोरा उपेन्द्र चौधरी र भुसन मण्डलको १८ वर्षीय छोरा रंञ्जित मण्डललाई चेकजाँच गर्दा उनीहरुको साथबाट NITRANET-10 नामक ट्याबलेट ३० पिसका दरले १० पत्तक (३ सय पिस) सहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एसपी उमा प्रसाद चतुर्बेदीले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्