अर्घाखाँचीको नरपानीमा जीप दुर्घटना, तीनजनाको घटनास्थलमै मृत्युु




अर्घाखांची, २० असोज । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा नं. ६ नरपानि रातामाटामा जिप दुर्घटना हुंदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ ।

कृष्णनगरबाट सन्धिखर्क जांदै गरेको लु १ ज ४३२९ नम्बरको जिप दुर्घटना हुदाँ ३ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । जीप सडकबाट करिब ३०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले जानकारी दिनुभयो । दुर्घटनामा चालकसहित अन्य ५ जना घाईते छन् । १ जना बच्चा, चालक र ४ घाईतेमध्ये २ को अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ ।

ब्रेक फेल भएर गाडि दुर्घटना भएको चालकले जनाएका छन् । घटना भएलगत्तै जिल्ला प्रहरी कार्यालय, ईलाका प्रहरी कार्यालय र प्रहरी चौकी नरपानि र स्थानियको टोलीले उद्वार गरेका थिए । घाइतेहरूको जिल्ला अस्पताल सन्धिखर्कमा उपचार भईरहको छ ।

    Comment Here!


सम्बन्धित समाचार

View All