ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ४, २०८३ बिहीबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पेरिसको प्रहरी मुख्यालयमा आक्रमण हुँदा चार प्रहरीको ज्यान गयो


एबीसी न्यूज
आश्विन १७, २०७६ शुक्रबार   ८ : ४६   बजे

फ्रान्स,  १७ असोज ।  फ्रान्सको राजधानी पेरिसको मध्य क्षेत्रमा रहेको प्रहरी मुख्यालयमा बिहीबार एक व्यक्तिले छुरा प्रहार गर्दा कम्तीमा चार जनाको ज्यान गएको छ । मृत्यु हुने सबैजना प्रहरी अधिकारी रहेका एक उच्च प्रहरी स्रोतले जनाएको छ ।

प्राप्त जानकारीअनुसार आक्रमणकारीलाई नियन्त्रणमा लिने प्रयासमा प्रहरीले चलाएको गोली लागि उनको घटनास्थलमा नै मृत्यु भएको छ ।

आक्रमणपछि पेरिसको केन्द्रमा रहेको इल द ला सिटे नामक क्षेत्रलाई अहिले सुरक्षा घेराबन्दी गरिएको छ । स्थानीय समयअनुसार दिउँसो करिब १ बजे प्रहरी भवनको चोकमा हमला भएको थियो ।

यस्तै घटनालाई पेरिसका नगरप्रमुखले ट्विटरमार्फत पुष्टि गरेका छन् । फ्रान्सका प्रधानमन्त्री तथा आन्तरिक मामिलासम्बन्धी मन्त्री पनि घटनास्थलमा पुगेको प्रहरीले बताएको छ ।

पछिल्ला वर्षहरूमा फ्रान्समा कार्यस्थलमा सिर्जना हुने घातक आक्रमणका घटना बढेका अनुसन्धानकर्ताहरूले बताएका छन् । बिहीबारको आक्रमणमा प्रहरी मुख्यालयमा प्रशासनिक एकाइमा काम गर्ने एक कर्मचारीले चक्कू प्रहार गरेका प्रारम्भिक सूचनामा स्थानीय प्रशासनले जनाएको छ ।

यसबारे अनुसन्धान भइरहेको थप विवरण पछि आउने प्रशासनले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेनलाई किन संसद् मन पर्दैन ?

यसपालिको प्रि–मनसुनमा ४५ वर्षयताकै धेरै वर्षा मापन

सम्बन्धित

महिनौँको युद्धपछि ऐतिहासिक सहमति: ट्रम्प र इरानी राष्ट्रपतिले गरे शान्ति सम्झौता

न्यूयोर्कटाइम्सका स्तमभ्कार लेख्छन्ः तेहरानले कसरी विश्व जित्यो ?

जी–७ शिखर सम्मेलनको विरोधमा जेनेभामा विशाल प्रदर्शन

अमेरिका–इरान सम्झौतापछि दक्षिण कोरियाली शेयर बजारमा भारी उछाल, बाइ– साइड साइडकार प्रणाली लागू

चिनियाँ रकेटद्वारा आठ वटा उपग्रह सफलतापूर्वक कक्षमा प्रक्षेपण

अमेरिका–इरान सम्झौताः आशाको किरण पलाए पनि गहिरो मतभेद कायमै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group