एजेन्सी , १६ असोज । अमेरिकाको केन्टुकीमा लडाकु विमान दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ ।
दोस्रो विश्वयुद्धका बेला प्रयोग हुने खालको लडाकु विमान केन्टुकी राज्यको विमानस्थलमै दुर्घटना भएको हो ।
उडेको पाँच मिनेटमै समस्या देखिएपछि फर्कने क्रममा विमानस्थलमै बी–सेभिन्टन विमान दुर्घटनामा परेको हो । दुर्घटनाको समयमा विमानमा १३ जना यात्रु सवार रहेका थिए ।दुर्घटनममा बाँचेका सबैको अवस्था गम्भिर रहेको छ । विमान सर्वसाधारणको प्रयोगका लागि दर्ता भएको र सेनाले नचलाएको बताइएको छ ।
दुर्घटना भएको बिमान दोस्रो विश्वयुद्धको समयमा हवाई आक्रमणका लागि प्रयोग हुने गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्