ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बालबालिका आक्रमण गर्ने चितुवा नियन्त्रण


एबीसी न्यूज
आश्विन १६, २०७६ बिहीबार  २ : ४० बजे

काठमाडौं, १६ असोज । जिल्लाको भानु नगरपालिकाका विभिन्न वडामा बालबालिकामाथि आक्रमण गर्ने नरभंक्षी चितुवा नियन्त्रणमा लिइएको छ । भानु नगरपालिका–२, ३ र ४ मा बालबालिकामाथि आक्रमण गरेर ज्यान लिएको नरभंक्षी चितुवा आज बिहान नियन्त्रणमा लिइएको हो ।

चितुवा नियन्त्रणका लागि भानु नगरपालिका–२ स्थित सामुदायिक वनमा खोर निर्माण गरिएपछि चितुवा उक्त खोरमा परेको डिभिजन वन कार्यालय तनहुँका प्रमुख केदार बरालले जानकारी दिनुभयो । बरालका अनुसार चितुवा नियन्त्रणका लागि बाख्रा राखेर खोर बनाइएको थियो । “लामो समयको प्रयासपछि चितुवा खोरमा पर्न सफल भएको छ”, बरालले भन्नुभयो, “नियन्त्रणमा आएको चितुवालाई चिडियाखाना वा राष्ट्रिय निकुञ्ज पठाउने तयारी गरेका छौ ।”

बालबालिकालाई आक्रमण गरेर ज्यान नै लिने चितुवा नियन्त्रणमा आएपछि स्थानीयवासी खुशी भएका छन् । स्थानीयवासी अर्जुन रानाभाटले नरभंक्षी चितुवा नियन्त्रणमा आएसँगै सर्वसाधारणले राहत महसुस गरेको जानकारी दिनुभयो । चितुवाको आक्रमणबाट यसअघि भानु नगरपालिकामा दुई बालक र दुई बालिकाको मृत्यु भएको थियो ।

विसं २०७४ फागुन १ गते भानु नगरपालिका–३ दोरदोरका ६ वर्षीय विशाल श्रेष्ठ, विसं २०७५ कात्तिक २९ गते भानु नगरपालिका–४ जोखानेका ४ वर्षीया रन्जिता लम्साल, मङ्सिर १५ गते भानु नगरपालिका–२ ढल्केवरका १० वर्षीय अमृत गुरुङ र जेठ २४ गते भानु नगरपालिका–२ भकुण्डथोक निवासी ९ वर्षीया पुष्पा अधिकारीको मृत्यु भएको थियो । डिभिजन वन कार्यालयले सबै मृतकका परिवारलाई क्षतिपूर्तिस्वरुप रु दश लाखका दरले राहत रकम वितरण गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

दाउन्नेमा एकतर्फी ढलानको काम सकियो

ट्रम्पद्वारा युरोपेली गाडीहरूमा कर बढाउने घोषणा: व्यापार युद्धको खतरा

सम्बन्धित

बल्खु, बंशीघाट र शंखमुलमा डोजर चल्दा १४१४ नागरिक विस्थापित

डोजरले छानो ढाल्यो, खोलाले जीवन बगायो : बल्खु र विष्णुमतीको सुकुमबासी पीडा

इरान युद्धमा मतभेद: ट्रम्पद्वारा जर्मनीबाट अमेरिकी सेना कटौतीको घोषणा

राष्ट्रपति कार्यालय पुग्यो अर्को अध्यादेश

घरमा डोजरले हानेपछि ‘हेर्न सकिनँ’ भन्दै हिँडेका ६१ वर्षीय इन्द्रबहादुर बल्खु खोलामा मृत भेटिए

बल्खुको सुकुम्बासी बस्तीमा डोजर चलेको केही घण्टामै अर्का पुरुषले गरे आत्महत्या

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com