ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अनुगमन नहुँदा तरकारीको मूल्य मनपरी


एबीसी न्यूज

काठमाडौं, १६ असोज । दशैँं नजिकिएको बेला अहिले उदयपुरको सदरमुकाम गाईघाटस्थित थारुहट रङ्गशाला छेउको तरकारी बजारमा अनुगमन नहँुदा व्यापारीले मनपरी मूल्यमा बिक्री गर्न थालेका छन् ।

स्थानीय तह, उद्योग वाणिज्य सङ्घ र प्रहरी सहितको टोलीले बजारको अन्य क्षेत्रमा बजार अनुगमन गरेपनि अहिलेसम्म तरकारी बजारको अनुगमन नगर्दा तरकारी व्यापारीले मनपरी मूल्यमा तरकारी बिक्री गर्ने गरेको उपभोक्ताको आरोप छ । गाईघाटका शारदा खड्काका अनुसार तरकारी व्यापारीले अहिले हप्तादेखियता दैनिक तरकारीको मूल्य बढाउने गरेका कारण उपभोक्ता मारमा पर्न थालेका छन् ।

खड्का भन्निुहुन्छ,“३० रुपैयाँ प्रतिकिलोको आलु एक हप्ताभित्र मूल्य बढेर अहिले ८० रुपैयाँसम्म प्रतिकिलो मूल्य पुग्यो, १५० किलोबाट गोलभेँडाकोे मूल्य एक हप्तामा रु २८० प्रतिकिलो पुग्यो, व्यापारीले दैनिक प्रतिकिलो तरकारीमा रु १० देखि २० मूल्य वृद्धि गर्दे लगेका छन् ।”अहिलेसम्म तरकारी बजारको अनुगमन नभएको कारण व्यापारीले मनपरी मूल्य वृद्धि गरेपछि उपभोक्ता साह्रै महङ्गीको मारमा परेको अर्का स्थानीयवासी खगेन्द्र कार्की बताउनुहुन्छ ।

कार्की भन्नुहुन्छ,“प्याजको मूल्यवृद्धि भएको निहुँमा तरकारी व्यापारीले अन्य तरकारीको मूल्य पनि मनलाग्दी बढाए, उपभोक्ताको समस्याबारेमा स्थानीय तह वा उद्योग वाणिज्य सङ्घ र मिडियाले पनि ध्यान दिएन ।”स्यानीयवासी कुमार राउत भन्नुहुन्छ, “अहिले प्याजको मूल्य वृद्धि भएको हामीले सुनेका हौँं, प्याज बाहेक अन्य वस्तुको पनि मूल्य प्याज जस्तै मनपरी दिनानुदिन बढिरहेको छ, अनुगमन नहुँदा उपभोक्ता मारमा पर्नुपरेको छ ।”

त्रियुगा नगरपालिका–१० का वडाध्यक्ष तथा नगरपालिका अनुगमन समितिका सदस्य प्रकाश खड्काले अन्य क्षेत्रमा बजार अनुगमन भइरहे पनि तरकारी बजारको अनुगमन र तरकारीको मूल्य समायोजन गर्न नभ्याइएको बताउनुभयो । यसको पनि अनुगमन शुरु गर्ने पक्षमा नगरपालिका रहेको सदस्य खड्काले बताउनुभयो । जिल्ला प्रशासन, घरेलु, नगरपालिका प्रहरीसहितका टिमले बजार अनुगमन गरिरहेको भएपनि तरकारी बजारको अनुगमन र मूल्य समायोजनको अनुगमन हुन नसकेको अनुगमन समितिका सदस्यहरु नै बताउँछन् ।

तरकारी व्यापारी स्वाभावले प्याजसँगै अन्य तरकारीको मूल्य बढेर आएका कारण आफूहरुले महङ्गो मूल्यमा बिक्री गर्न परेको तरकारी व्यापारी राधा चौधरीले बताइन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com