ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

परिवारबाट हेलिएका जेष्ठ नागरिकको दैनिकी कष्टकर,अपमानित भएर बांच्न विवश (भिडियोसहित)


एबीसी न्यूज
आश्विन १५, २०७६ बुधबार  १ : ४० बजे


काठमाडौं, १५ असोज । अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवस देशैभर पनि विभिन्न कार्यक्रम गरी मनाईएको छ । ज्येष्ठ नागरिकहरुलाई सम्मान र अधिकारमा पह“च पुर्याउने उदेश्यले संयुक्त राष्ट्रसंघको आह्वानमा विश्वभर यो दिवस मनाउन सुरु भएको हो ।

विश्वमा ६० वर्ष उमेर माथिका मानिसको संख्या ७६ करोड रहेको अनुमान छ । सन २०११ को जनगणना अनुसार नेपालमा कुल जनसंख्याको ९ प्रतिशत अर्थात २५ लाख बढी जेष्ठ नागरिकहरु छन् । शारिरीकरुपले श्रम गर्न नसक्ने अवस्थाका मानिस नै जेष्ठ हुन् । सन्ततीका लागि जीवनभर हाडाछाला घोटेका पाकाहरु घरपरिवारको हेलाले अपमानित भएर बांच्न विवश छन् । केही पाका बाहेक धेरैको अवस्था निकै दयनीय छ । संविधानले जेष्ठ नागरिकको विषयमा सम्बोधन गरेपनि व्यवहारमा उनीहरुको सामाजिक सुरक्षामा अझै राज्यको दायित्व पुगेको छैन । यद्यपी सामाजिक सुरक्षाका लागि सरकारले खर्च गर्दै आएको छ । घरपरिवारबाट हेलिएका जेष्ठ नागरिक पशुपति आश्रममा बस्दै आएका छन् । साहाराविहिन बनेका जेष्ठ नागरिकका प्रतिनिधि पात्र हुन् पशुपति वृद्धाआश्रमका जेष्ठ नागरिक । कष्टकर जीवन जिउदै आएका पशुपति वृद्धाश्रमका वृद्धवृद्धाहरुको हो यो दृष्य ।

कोही बत्ती काटेर, कोही त्यत्तिकै बसेर दिन कटाईरहेका आश्रमका वृद्धवृद्धाहरुको अनुहारमा बनावटी खुसी छर्लङ्ङै देखिन्थे र भन्दै थिए हामी ठिकै छौं, खुसी नै छौं । परिवारसंगको खुसीको बारेमा कुरा गर्दा यी ज्येष्ठ नागरिकहरु निराश बने । यिनै ज्येष्ठ नागरिकहरुको विगतले वर्तमानलाई सुन्दर बनाएको छ । तर, आज शारीरिकरुपमा अशक्त भएपछि बेसाहारा जस्तै बनेर आश्रममा जीवन गुजारा गरिरहेका छन् । यी वृद्धवृद्धाहरुको मन पल–पल रोईरहन्छ तर, बाहिर हास्नै पर्छ, एक वृद्धाले बताईन् । दश नङ्ग्रा खियाएर आफ्ना सन्तानलाई हुर्काई बढाई गरेपछि आफ्नै घरमा बोझ बनेका यी वृद्ध आमाबाबालाई अन्तराष्ट्रिय ज्येष्ठ नागरिक दिवसले छोएको पाईएन ।

उनीहरुलाई यसको अर्थ पनि थाहा छैन र कतिलाई शब्द पनि । जे दिन्छन्, त्यही खाने हो । बाहिर जान पाईदैन, सकिदैन पनि । अब यहाँ नबसेर पनि के गर्नु ? कहाँ जानु ? उनीहरु दुख पोख्छन् । ज्येष्ठ नागरिकको सम्मान र अधिकारको सुरक्षा गर्न ,बालबालिका तथा समाज कल्याण मन्त्रालय लगायत विभिन्न निजी संघ, संस्थाहरु पनि लागिपरेका छन् । तर पनि, पछिल्ला दिनमा पारिवार तथा समाजबाट नै वृद्धवृद्धाहरु अपहेलित हुने क्रम बढेको छ । जेष्ठ नागरिक परिवारबाट हेलिनु स्वयं परिवारका लागि मात्रै होइन राज्यको लागि पनि सोचनीय विषय हो । तसर्थ, वर्तमानलाई सुुन्दर बनाउन कुनै समय आफ्नो तन, मन र धन दिएका ज्येष्ठ नागरिकहरुको ससम्मान बांच्न पाउने अधिकारको व्यवहारिक कार्यान्वयन गर्न राज्यले नै पहल गर्नुको विकल्प छैन ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

दाउन्नेमा एकतर्फी ढलानको काम सकियो

ट्रम्पद्वारा युरोपेली गाडीहरूमा कर बढाउने घोषणा: व्यापार युद्धको खतरा

सम्बन्धित

विद्यालय बन्ददेखि आन्तरिक मूल्यांकनसम्म: शिक्षा क्षेत्रमा अन्योल र बहस तीव्र (भिडियोसहित)

‘बालेनदेखि बफर स्टेटसम्म: नयाँ जनमत र ‘बाचा’ को राजनीतिमा नेपाल’ (भिडियो)

बालेन–निर्वाचित अधिनायकतर्फ, रविको साथ कहाँसम्म ? : प्रा.डा. कृष्ण हाछेथु(भिडियोसहित)

प्रधानमन्त्री शाहको सामूहिक कूटनीतिक भेट, सन्तुलित नीतिको सन्देश कि कूटनीतिक अपरिपक्वता ? (भिडियोसहित)

अमेरिकी सैनिक आधारहरूको वैश्विक जालो र यसको प्रभाव

नयाँ खामेनी र इरानको उत्तराधिकार राजनीति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com