ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ४, २०८३ बिहीबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

परिवारबाट हेलिएका जेष्ठ नागरिकको दैनिकी कष्टकर ( भिडियोसहित)


एबीसी न्यूज
आश्विन १५, २०७६ बुधबार   १ : ०१   बजे

काठमाडौं, १५ असोज । अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवस देशैभर पनि विभिन्न कार्यक्रम गरी मनाईएको छ । ज्येष्ठ नागरिकहरुलाई सम्मान र अधिकारमा पह“च पुर्याउने उदेश्यले संयुक्त राष्ट्रसंघको आह्वानमा विश्वभर यो दिवस मनाउन सुरु भएको हो ।

विश्वमा ६० वर्ष उमेर माथिका मानिसको संख्या ७६ करोड रहेको अनुमान छ । सन २०११ को जनगणना अनुसार नेपालमा कुल जनसंख्याको ९ प्रतिशत अर्थात २५ लाख बढी जेष्ठ नागरिकहरु छन् ।

शारिरीकरुपले श्रम गर्न नसक्ने अवस्थाका मानिस नै जेष्ठ हुन् । सन्ततीका लागि जीवनभर हाडाछाला घोटेका पाकाहरु घरपरिवारको हेलाले अपमानित भएर बांच्न विवश छन् । केही पाका बाहेक धेरैको अवस्था निकै दयनीय छ ।

संविधानले जेष्ठ नागरिकको विषयमा सम्बोधन गरेपनि व्यवहारमा उनीहरुको सामाजिक सुरक्षामा अझै राज्यको दायित्व पुगेको छैन । यद्यपी सामाजिक सुरक्षाका लागि सरकारले खर्च गर्दै आएको छ । घरपरिवारबाट हेलिएका जेष्ठ नागरिक पशुपति आश्रममा बस्दै आएका छन् । साहाराविहिन बनेका जेष्ठ नागरिकका प्रतिनिधि पात्र हुन् पशुपति वृद्धाआश्रमका जेष्ठ नागरिक ।

कष्टकर जीवन जिउदै आएका पशुपति वृद्धाश्रमका वृद्धवृद्धाहरुको हो यो दृष्य । कोही बत्ती काटेर, कोही त्यत्तिकै बसेर दिन कटाईरहेका आश्रमका वृद्धवृद्धाहरुको अनुहारमा बनावटी खुसी छर्लङ्ङै देखिन्थे र भन्दै थिए हामी ठिकै छौं, खुसी नै छौं ।

परिवारसंगको खुसीको बारेमा कुरा गर्दा यी ज्येष्ठ नागरिकहरु निराश बने । यिनै ज्येष्ठ नागरिकहरुको विगतले वर्तमानलाई सुन्दर बनाएको छ । तर, आज शारीरिकरुपमा अशक्त भएपछि बेसाहारा जस्तै बनेर आश्रममा जीवन गुजारा गरिरहेका छन् । यी वृद्धवृद्धाहरुको मन पल–पल रोईरहन्छ तर, बाहिर हास्नै पर्छ, एक वृद्धाले बताईन् ।

दश नङ्ग्रा खियाएर आफ्ना सन्तानलाई हुर्काई बढाई गरेपछि आफ्नै घरमा बोझ बनेका यी वृद्ध आमाबाबालाई अन्तराष्ट्रिय ज्येष्ठ नागरिक दिवसले छोएको पाईएन । उनीहरुलाई यसको अर्थ पनि थाहा छैन र कतिलाई शब्द पनि । जे दिन्छन्, त्यही खाने हो । बाहिर जान पाईदैन, सकिदैन पनि । अब यहाँ नबसेर पनि के गर्नु ? कहाँ जानु ? उनीहरु दुख पोख्छन् ।

ज्येष्ठ नागरिकको सम्मान र अधिकारको सुरक्षा गर्न ,बालबालिका तथा समाज कल्याण मन्त्रालय लगायत विभिन्न निजी संघ, संस्थाहरु पनि लागिपरेका छन् । तर पनि, पछिल्ला दिनमा पारिवार तथा समाजबाट नै वृद्धवृद्धाहरु अपहेलित हुने क्रम बढेको छ ।

जेष्ठ नागरिक परिवारबाट हेलिनु स्वयं परिवारका लागि मात्रै होइन राज्यको लागि पनि सोचनीय विषय हो । तसर्थ, वर्तमानलाई सुुन्दर बनाउन कुनै समय आफ्नो तन, मन र धन दिएका ज्येष्ठ नागरिकहरुको ससम्मान बांच्न पाउने अधिकारको व्यवहारिक कार्यान्वयन गर्न राज्यले नै पहल गर्नुको विकल्प छैन ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेनलाई किन संसद् मन पर्दैन ?

यसपालिको प्रि–मनसुनमा ४५ वर्षयताकै धेरै वर्षा मापन

सम्बन्धित

सक्रिय राजनीतिबाट अलग भएको महराको घोषणा

पासपोर्ट छपाइ भ्रष्टाचारमा आरजु राणालाई अख्तियारले गर्‍यो म्याद तामेल

भिजिट भिसामा ओमान जान लागेका २७ जना महिला प्रहरी नियन्त्रणमा

एमालेको प्रश्न–प्रधानमन्त्रीले स्थायी रूपले अर्थमन्त्रीलाई सबै जिम्मेवारी हस्तान्तरण गरेको हो ?

सुधन गुरुङलाई हर्क साम्पाङको प्रश्न :अनलाइनमा मुख छाड्नेलाई सरकारले के कारबाही गर्छ ?

पूर्व र मध्य भेगमा वर्षा, बागमतीदेखि सुदूरपश्चिमसम्मको तराई भेगमा गर्मी बढ्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group