
बझाङ,१५ असोज । बझाङ जिल्ला कारागारमा पुरुष कैदीवन्धी गृह नहुदाँ महिला कैदीवन्धी गृहमा पुरुष कैदीवन्धी राख्नुपने बाध्यता रहेको छ । जिल्ला कारागार बझाङमा पुरुष कैदीवन्धी गृह निर्माणमा सरोकार वालाहरुले समयमै चासो नदिदाँ महिला कैदीवन्धीहरुलाई अन्य जिल्लामा सरुवा गरेर महिला कैदीवन्धी ठाँउमा पुरुष कैदीवन्धी राख्नुपर्ने बाध्यता रहेको जिल्ला कारागार बझाङका जेलर राजु दमाईले बताए ।
बझाङ जिल्ला कारागारको कैदीवन्धी क्षमता ३० जनाको भएपनी अहिले उत्त कारागारमा ५६ जना कैदीबन्धी राख्नुपर्ने बाध्यता रहेको दमाईले बताए ।
अहिले कारागारमा सवैभन्दा वढी जवरजस्ती करणीका मुद्धामा सजाए भोगीरहेका र तिनीहरु मध्य बढिजसो किशोर अवस्थाका कैदीवन्धीहरु रहेको बढी रहेका छन् ।








प्रतिक्रिया दिनुहोस्