ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सम्भावित घटनालाई मध्यनजर गरी विशेष सुरक्षा योजना


एबीसी न्यूज
१५ आश्विन २०७६, बुधबार   ११ : ०९   बजे

कैलाली, १५ असोज ।  सुदूरपश्चिम प्रदेश प्रहरीले चाडपर्वका बेला हुन सक्ने सम्भावित घटनालाई मध्यनजर गरी विशेष सुरक्षा योजना बनाएको छ ।

चाडपर्वका बेला विभिन्न वाहानामा हुने लुटपाट, चोरी डकैतीलगायतका घटना हुन नदिन प्रदेशभरी नै विशेष खालको सुरक्षा योजना बनाइएको प्रहरीले जनाएको छ ।

दशैँ तिहारका बेला विभिन्न वाहानामा सर्वसाधारणले सास्ती खेप्नुपर्ने समस्या नौलो नभए पनि प्रहरीले भने विशेष सुरक्षा योजना लागू गरेको दाबी गरेको छ ।

कामको सिलसिलामा देश भित्र र बाहिर रहेकाहरु दशैँ मनाउन गनतव्यतिर फर्किने क्रम सुरु भएसँगै विभिन्न वाहानामा हुने लुटपाट, चोरी डकैतीजस्ता समस्या नरोकिएको जनगुनासा बढेपछि प्रहरीले सुरक्षा योजना तयार गरेको हो ।

प्रदेश प्रहरी कार्यालय दिपायलले ९ वटै जिल्लामा दशैँ तिहार लक्षित विशेष सुरक्षा योजना लागू गरिएको जनाएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) तारणीप्रसाद लम्सालले दशैँ तिहार र छठ पर्वमा सर्वसाधरणले सास्ती नपाउँन भनेर विशेष सुरक्षा योजना बनाइएको बताउनुभयो ।

नागरिकले हैरानी र सास्ती खेप्न नपरोस् भन्ने हेतुले भारतसँग सीमा जोडिएका जिल्लामा नागरिक सीमा सहायता कक्ष स्थापना गरिएको डीआईजी लम्सालले जानकारी दिनुभयो । उहाँले सीमामा दुःख पाएमा तत्काल सहायता कक्षमा सम्पर्क गरी समस्या राख्न सकिने जनाउनुभयो ।

दुई देशका सुरक्षा निकायका बीचमा पनि सीमामा अपराधिक गतिविधि हुन नदिनतर्फ सचेत रहँदै आपसी समन्वयमा काम गर्ने सहमति भएको उहाँको भनाइ छ । अन्य जिल्लाका बसपार्कलगायतका क्षेत्रमा पनि सहायता कक्ष स्थापना भएका छन् ।

प्रहरीले सीमा र बसपार्क क्षेत्रमा मात्र नभएर अन्य ठाउँमा पनि अनेक वाहानामा सर्वसाधारणले पाउन सक्ने सास्तीलाई मध्यनजर गर्दै यही अनुसारको रणनीति अपनाइएको दाबी गरेको छ । यातायात व्यवसायीहरुले बसमा क्षमताभन्दा बढि यात्रु चढाउने, निर्धारित दरभन्दा बढी भाडा लिने, क्यू फ्रीका नाममा यात्रुलाई सास्ती दिनेतर्फ पनि सचेत रहेको बताउँदै डीआइजी लम्सालले सम्भावित घटना भइहाले तत्काल प्रहरीलाई खबर गर्न आग्रह गर्नुभयो ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती ः नेकपा नेता श्रेष्ठ, भिडियो

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group