काठमाडौं १४ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले आरोप लागेका सभामुख कृष्णबहादुर महरालाई राजीनामा दिन निर्देशन दिनुभएको छ । अध्यक्ष ओलीले पार्टीका नेताहरूको छलफलपश्चात् देश र जनताको हितका लागि राजीनामा दिएर मार्ग प्रशस्त गर्न निर्देशन दिनुभएको हो ।
यता सभामुख कृष्णबहादुरमाथि संसद सचिवालयकी महिला कर्मचारीले यौ न दु र्व्यवहार गरेको आरोप लगाएको सन्दर्भमा छलफल गर्न सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपा सचिवालयको आकस्मिक बैठक डाकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा महराबारे निर्णय गर्न नेकपाका अध्यक्षद्वय लगायत शिर्ष नेताबीच छलफल भइरहेको छ । यससँगै सभामुख महराले आज अपरान्ह राजीनामा दिने तयारी गरिरहेको विशेष स्रोतबाट बुझिन आएको छ ।
नेकपाका नेताका अनुसार हिजो नै समाचार बाहिरीएपछि “पार्टी अध्यक्ष र प्रधानमन्त्रीले हिँजोदेखि नै महराजीलाई यसको संकेत दिसक्नुभएको थियो ।”महराले बिज्ञप्ति मार्फत यस आरोपको खण्डन गरेपनि उनि निकै अताल्लिएका छन् त्यसैले पनि आज साँझ सम्म महराले राष्ट्रपति समक्ष राजिनामा दिने सम्भावना पनि रहेको छ । आफूमाथि लागेको आरोपबारे निकटष्थसँग परामर्श गरिरहका महरालाई सत्तारुढ दल नेकपाले नै राजीनामा दिन सुझाव दिएको छ।
प्रतिक्रिया दिनुहोस्