काठमाडौ, १३ असोज । अरिङ्गालको टोकाईबाट अछाममा एकजनाको जयान गएको छ । चौरपाटी गाउँपालिका वडा नं ५ लुग्राका एक वृद्धको अरिङ्गालको टोकाईबाट ज्यान गएको हो ।
आईतबार घर नजिकै भैसी चराउने क्रममा अरिङ्गालको टोकाईबाट सख्त घाईते भएका वडा नं.५ लुग्राका ७८ वर्षीय विष्णुदत्त भण्डारीको उपचारका क्रममा वयलपटा अस्पतालमा ज्यान गएको भण्डारीका आफन्तले जानकारी दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्