ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ४, २०८३ बिहीबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गण्डकी प्रदेशले पर्यटक आकर्षित गर्न विभिन्न कार्यक्रम गर्दै (भिडियोसहित)


एबीसी न्यूज
आश्विन १२, २०७६ आईतबार   १२ : १२   बजे

बुटवल , १२ असोज ।  गण्डकी प्रदेशले पर्यटक आकर्षित गर्न निम्तो लिएर अन्य प्रदेश पुगको छ । गण्डकी प्रदेशका पर्यटन मन्त्रीको नेतृत्वमा यतिबेला देशभर निम्तोको अभियान जारी छ । देशभर विभिन्न शहरमा नाच्दै निम्तो बाडिरहेका छन् । पाहुना निम्तो लिएर बुटवल पुगेका गण्डकी प्रदेशका पर्यटनको सडक नृत्यले धेरैलाई आकर्षण गरेको छ ।

गण्डकी प्रदेशले २०१९ देखि २०२२ लाई आन्तरिक पर्यटन वर्षकारुपमा मनाइरहेको छ । यसै सन्दर्भमा प्रदेशका पर्यटनमन्त्री आफै नेतृत्व गरेका छन् । आन्तरिक पर्यटक आकर्षण गर्न शहरका चोक चोकमा निम्तो बांड्न पुगेका छन् ।

शुक्रबार प्रदेश नम्बर ५ को राजधानी बुटवल पुगेका गण्डकी प्रदेश पर्यटन मन्त्री बिकास लम्सालले आफै सडकमा नाचेर गण्डकी प्रदेशमा भ्रमण गर्न निम्तो गरेका छन् । गण्डकी प्रदेशका पर्यटनमन्त्री विकास लम्सालको नेतृत्वमा ५० जनाको जम्बो टोली बुटवल पुगेको हो । पर्यटन प्रबर्धनका लागि बुटवल पुगेको टोलीले गण्डकी प्रदेश भ्रमण गर्न आह्वान गरेको छ । आठ दिने भ्रमणमा निस्किएको टोलीले प्रदेश नं. १, २, ३ र ५ को भ्रमण गरी गण्डकी प्रदेशको प्रचारप्रसार गर्ने कार्यक्रम छ ।

गण्डकी प्रदेशका चर्चित कलाकार सहित पुगेको टिमले शुक्रबार दिनभरी बुटवलका कवि, कलाकार, उद्योगी, ब्यवसायी र पत्रकारहरुसंग अन्तरक्रियामात्र गरेनन् सांझ परेपछि आफै बुटवलको राजमार्ग चौराहामा पुगेर र चर्चित गायक प्रकाश सुपुतको सालैजो भाकामा छमछमी नाचे । मन्त्री आफै नाचेको हेर्न उपस्थित भएका बुटवलका नागरिकलाई भएभरीको रोग निको पार्न एक पटक गण्डकी प्रदेशमा ट्रेकिङमा आउन निम्ता पनि दिन भ्यायो टीमले । प्राकृतिक श्रोतले अनुपम गण्डकी प्रदेशमा एक पटक मात्र ट्रेकिङ गरेर हेर्न आह्वान गरेको गण्डकी प्रदेशले । गण्डकी प्रदेश भ्रमण गरेर आनन्द लिन अनुरोध गरे मन्त्री विकास लम्सालले ।

उता गण्डकी प्रदेशको प्रचार टोलिलाई स्वागत गर्न पुगेका प्रदेश नम्बर ५ का पर्यटन मन्त्री लिला गिरिले सिद्धबाबा खण्डमा ४ लेन सडक र दाउन्नेमा सुरुङमार्ग बनाएर प्रदेश ५ र गण्डकी प्रदेशलाई जोड्ने योना पनि सुनाई हाले ।

चर्चित गायक प्रकाश सपुत, प्रजापति पराजुली सहित स्थानीय कलाकार, पत्रकार र पर्यटन ब्यवसायीको टोलिसमेत लिएर निस्केका पर्यटनमन्त्री ६ वटा प्रदेशका प्रमुख शहरहरुमा पुगेर गण्डकी पर्यटन प्रबर्धनका लागि निम्ता बांड्ने छन् । गण्डकी प्रदेशको पर्यटन प्रवर्धनको नयां शैलीले आन्तरिक पर्यटनमा टेवा पुग्ने देखिएको छ । प्रदेश सरकारको पर्यटन मन्त्रालयले अपनाएको नयां शैलीलाई हाम्रो पनि सलाम् ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

लिङ्देनमाथि राप्रपा छाडेका दिलविकास राजभण्डारीको आरोप नै आरोप

कोलम्बियाको विजयी सुरुवात

सम्बन्धित

पूर्व र मध्य भेगमा वर्षा, बागमतीदेखि सुदूरपश्चिमसम्मको तराई भेगमा गर्मी बढ्ने

पसलमा चिया पिउन जान भ्याउने प्रधानमन्त्रीलाई चिया किसानको समस्या समाधानमा फुर्सद छैन– निश्कल राई

सुनको भाउ आज तोलामा १ हजार २०० रुपैयाँले घट्यो

एकैपटक ५ हजारभन्दा धेरै फार्मेसीको दर्ता खारेज (सूचीसहित)

मुस्ताङमा भारतको सहयोगमा उच्च प्रभाव सामुदायिक विकास परियोजना उदघाटन

रास्वपा सांसद खनालमाथि छात्रवृत्ति दुरुपयोगको आरोप

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group