बुटवल , १२ असोज । गण्डकी प्रदेशले पर्यटक आकर्षित गर्न निम्तो लिएर अन्य प्रदेश पुगको छ । गण्डकी प्रदेशका पर्यटन मन्त्रीको नेतृत्वमा यतिबेला देशभर निम्तोको अभियान जारी छ । देशभर विभिन्न शहरमा नाच्दै निम्तो बाडिरहेका छन् । पाहुना निम्तो लिएर बुटवल पुगेका गण्डकी प्रदेशका पर्यटनको सडक नृत्यले धेरैलाई आकर्षण गरेको छ ।
गण्डकी प्रदेशले २०१९ देखि २०२२ लाई आन्तरिक पर्यटन वर्षकारुपमा मनाइरहेको छ । यसै सन्दर्भमा प्रदेशका पर्यटनमन्त्री आफै नेतृत्व गरेका छन् । आन्तरिक पर्यटक आकर्षण गर्न शहरका चोक चोकमा निम्तो बांड्न पुगेका छन् ।
शुक्रबार प्रदेश नम्बर ५ को राजधानी बुटवल पुगेका गण्डकी प्रदेश पर्यटन मन्त्री बिकास लम्सालले आफै सडकमा नाचेर गण्डकी प्रदेशमा भ्रमण गर्न निम्तो गरेका छन् । गण्डकी प्रदेशका पर्यटनमन्त्री विकास लम्सालको नेतृत्वमा ५० जनाको जम्बो टोली बुटवल पुगेको हो । पर्यटन प्रबर्धनका लागि बुटवल पुगेको टोलीले गण्डकी प्रदेश भ्रमण गर्न आह्वान गरेको छ । आठ दिने भ्रमणमा निस्किएको टोलीले प्रदेश नं. १, २, ३ र ५ को भ्रमण गरी गण्डकी प्रदेशको प्रचारप्रसार गर्ने कार्यक्रम छ ।
गण्डकी प्रदेशका चर्चित कलाकार सहित पुगेको टिमले शुक्रबार दिनभरी बुटवलका कवि, कलाकार, उद्योगी, ब्यवसायी र पत्रकारहरुसंग अन्तरक्रियामात्र गरेनन् सांझ परेपछि आफै बुटवलको राजमार्ग चौराहामा पुगेर र चर्चित गायक प्रकाश सुपुतको सालैजो भाकामा छमछमी नाचे । मन्त्री आफै नाचेको हेर्न उपस्थित भएका बुटवलका नागरिकलाई भएभरीको रोग निको पार्न एक पटक गण्डकी प्रदेशमा ट्रेकिङमा आउन निम्ता पनि दिन भ्यायो टीमले । प्राकृतिक श्रोतले अनुपम गण्डकी प्रदेशमा एक पटक मात्र ट्रेकिङ गरेर हेर्न आह्वान गरेको गण्डकी प्रदेशले । गण्डकी प्रदेश भ्रमण गरेर आनन्द लिन अनुरोध गरे मन्त्री विकास लम्सालले ।
उता गण्डकी प्रदेशको प्रचार टोलिलाई स्वागत गर्न पुगेका प्रदेश नम्बर ५ का पर्यटन मन्त्री लिला गिरिले सिद्धबाबा खण्डमा ४ लेन सडक र दाउन्नेमा सुरुङमार्ग बनाएर प्रदेश ५ र गण्डकी प्रदेशलाई जोड्ने योना पनि सुनाई हाले ।
चर्चित गायक प्रकाश सपुत, प्रजापति पराजुली सहित स्थानीय कलाकार, पत्रकार र पर्यटन ब्यवसायीको टोलिसमेत लिएर निस्केका पर्यटनमन्त्री ६ वटा प्रदेशका प्रमुख शहरहरुमा पुगेर गण्डकी पर्यटन प्रबर्धनका लागि निम्ता बांड्ने छन् । गण्डकी प्रदेशको पर्यटन प्रवर्धनको नयां शैलीले आन्तरिक पर्यटनमा टेवा पुग्ने देखिएको छ । प्रदेश सरकारको पर्यटन मन्त्रालयले अपनाएको नयां शैलीलाई हाम्रो पनि सलाम् ।
प्रतिक्रिया दिनुहोस्