वीरगंज,११ असोज । वीरगंजको कृषि, शिक्षा र स्वास्थ्यको विषयमा राज्य निजी क्षेत्र गम्भीर बन्नुपर्ने सरोकारवालाहरुले बताएका छन् ।
एबीसी न्यूज टेलिभिजनको ११ औ वार्षिक उत्सवको अवसरमा यस्तो बताएका हुन् । मुलुकमा राजनीतिक स्थायीत्व भएकोले अब विकासको कार्यक्रम जनताले अनुभूति गर्ने खालको हुनुपर्ने एबीसी टेलिभिजनका अध्यक्ष शुभशंकर कंडेलले बताउनुभयो । न्यूज टेलिभिजनले जनताको हकहित र अधिकारको लागी प्रतिबद्ध रहेको जनाउनुभयो ।
वीरगंज आर्थिक जोनको रुपमा भएपनि यस क्षेत्रको कृषि शिक्षा र स्वास्थ्यको अवस्थामा सुधार नभएको उनीहरुले बताएका छन् । सुक्खा बन्दगाहको रुपले चिनिने वीरगंज अधिक संभावना भएपनि लाखौ युवा विदेशमा पसिन बगाउन बाध्य छन् । स्वास्थ्य सेवाको अवस्थामा दयनीय भएकोले राज्यले सम्बोधन गर्नुपर्ने वीरगंज महानगरपालिकाका नगर अध्यक्ष रहबर अन्सारीले बताउनु भयो । देशको विकासको लागि शिक्षा स्वस्था अनिवार्य रहेकोमा यसको विकास महत्वपृर्ण रहेको सुवोध गुप्ताले बताउनु भयो ।
शिक्षा स्वस्था र कुषि क्षेत्रमा भएको विचौलीएको अन्ते गर्नु पर्ने र अयात भन्दा निर्यात बढाउन पर्ने बताउनु भयो । चुनावका बेला मात्र बाटो स्कुल बनाउ“छौ भन्दा पनि कुन पार्टीले के गर्यो भन्ने कुरा जनताले थाहा पर्ने बताउनुभयो । नेपालकै कान्छो जिल्लाका नामले प्रख्यात भयो पनि विरगंज नेपालको ५८ प्रतिशत राज्यस्व संकलन र ६५ प्रतिशत व्यवसायकारोबार गर्ने आर्थिक नाका पनि हो ।
प्रतिक्रिया दिनुहोस्