काठमाडौं, ११ असोज । नेपालमा अरब सागर र बंगालको खाडीबाट आइरहेको जलवास्पयुक्त वायुको प्रभावले मनसुनी गतिविधि केही सक्रिय रहेको छ ।
अहिले देशभर सामान्यदेखि पूर्ण बदली रही पूर्व र मध्यका केही र पश्चिमका एक, दुई स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । मनसुनी न्यूनचापीय रेखा औसत स्थानभन्दा केही उत्तरतर्फ रहेको छ । भारतको गुजरात र अरब सागर आसपासमा न्यूनचापीय प्रणाली रहेको जनाइएको छ । महाशाखाकाअनुसार शनिबार दिउँसो देशको पूर्वदेखि पश्चिमसम्मका केही स्थानहरुमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ । शनिबार राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशको पूर्वदेखि पश्चिमसम्मै अधिकांश स्थानहरुमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ । महाशाखाका अनुसार आइतबार पनि दिउसो देशभर सामान्य बदली रहनेछ । देशका केही स्थानहरुमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ ।
पानी धेरै पर्ने भएकाले सडक र हवाई यातायातमा पनि अवरोध आउन सक्ने महाशाखाले बताएको छ । यस्तै बाढी र पहिरोको जोखिम रहेकाले नदी आसपास र तटीय क्षेत्रका बासिन्दालाई सावधानी अपनाउन मौसमविदले सुझाउका छन् ।
प्रतिक्रिया दिनुहोस्