ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तिलोत्तमा लगानी सम्मेलन : ५० अर्बभन्दा बढी लगानी भित्रिने अपेक्षा (भिडियोसहित)


एबीसी न्यूज

काठमाडौं, १० असोज  ।नेपाल मै पहिलो पटक स्थानीय तहको आयोजनामा गरिएको तिलोत्तमा लगानी सम्मेलनले ५० अर्व बढी लगानीको अपेक्षा प्रस्तुत गरेको छ । आयोजकको दाबी अनुसार स्वदेशी र विदेशी लगानीकर्ताहरु सम्मेलनमा उपस्थित नदेखिएपनि लगानी गर्ने विषयमा कुनै कमी नहुने आयोजक अपेक्षा छ ।

नेपालमा पहिलो पटक स्थानीय तहको आयोजनामा लगानी सम्मेलनको आयोजना गरिएस्को छ । रुपन्देहीको तिलोत्तम नगरपालिकाले लगानी सम्मेलनको आयोजना गरि औद्योगिक तथा उद्यमको वातावरण निर्माण गर्न पहलकदमी लिएको छ । सम्मेलनमा स्वदेशी र बिदेशी लगानीकर्ताहरु नदेखिएपनि लगानी भित्रिनेमा आयोजकले अपेक्षा गरेको छ ।

सम्मेलनको आयोजना गर्ने घोषणा गर्दा नगरपालिकाले ५० अर्व बढीको लगानी भित्राउने अपेक्षा गरेको थियो । स्वदेशी तथा विदेशी लगानीको अपेक्षासहित सम्मेलन आयोजना गरिएको हो । चीन, नेपाल र भारतबाट ठूलो संख्यामा लगानीकर्ताहरुको उपस्थिती रहने बताइएको थियो । तर सम्मेलनको उदघाटनका दिनसम्म ती देशहरुबाट लगानीकर्ताको उपस्थिती भने नगन्य देखिएको छ । निकै महत्वाकांक्षी सोचकासाथ स्थानीय सरकारले गरेको लगानी सम्मेलन निकै अर्थ राखेको छ । पहिलो पटक स्थानीय सरकारको आयोजनामा भएको लगानी सम्मेलनले गरेर संघीयताको अपरिहार्यतालाई पुष्टी गरेको नेपाल कम्युनिष्ट पार्टी(नेकपा) अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड) ले दावी गरे।

मुलुक यतिबेला आर्थिक समृद्धिको यात्रामा छ । लगानी उत्पादन रोजगारी नै राज्यको प्राथमिकतामा परेको बेला यस्ता सम्मेलनको निकै अर्थ रहनछ । संविधानको प्रस्तावनामा समाजवादउन्मुख अर्थतन्त्रको परिकल्पना गरेको सम्बन्धमा स्थानीय सरकारको पहल स्राहनीय नै मान्न सकिन्छ । लगानी उत्पादन र रोजगारीबाट राष्ट्रिय पूंजीको निर्माण गरिनु जरुरी छ । लगानी सम्मेलन गर्नु आफैमा उपलब्धीपूर्ण रहेकोले विद्यमान दलाल पूंजीको अन्त गर्दै राष्ट्रिय पूंजी निर्माण गरिनु आवस्यक छ । नाकाबान्दीका बेला समेत अर्थतन्त्र रक्षागर्न अहम भूमिका खेलेको थियो तिलोत्तमा नगरले । मुलुकमा स्थिर राजनीति स्थायीत्व कायम भई लगानीको वातावरण भएको नेकपाका महासचिव तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलले बताए ।

संघीय सरकारले लगानी नीति बनाउन केन्द्रीत भएको दावी गर्दै आएको छ । लगानी बोर्ड गठन गरि संघीय सरकारले यसअघि लगानी सम्मेनसमेत सम्पन्न गरेको छ । मुलुकभित्र लगानीको वातावरण बन्दै गएपछि स्थानीय सरकार समेत लगानी सम्मेलनमार्फत लगानी भित्र्याउने कसरतमा छन् । लगानीपछि देशभर औद्योगिक क्षेत्र शान्त छ । मजदुर आन्दोलन जस्ता तनाव लगभग शून्य छ । औद्यौगिक क्षेत्र शान्त र सुरक्षित भएको संघीय सरकारका अर्थमन्त्री डाक्टर युवराज खतिवडाले बताए ।

संघीय सरकरले मुलुकमा लगानीको नीतिसंगै वातावरण बन्दै गएकोले लगानी उत्पादन र रोजगारीको क्षेत्रमा संभावना खुलेको दावी गर्दै आएको छ । संघीय सरकारको दावी भएपनि लगानी वातावरण बनाउन संघीय सरकार नै बाधक भएको प्रदेश नम्बर २ का मुख्मन्त्री लालबाबु रावतले बताए उता गण्डकी प्रदेशका आर्थिक मामीला मन्त्री किरण गुरुङले नाममा प्रदेश जोडिंदैमा अर्थतन्त्रले संघिय स्वरुप ग्रहण गरेको मान्न नसकिने तर्क गरिरहेका थिए । राज्यसंयन्त्रमा अहिले पनि केन्द्रिकृत मानसिकता कायम रहेको भन्दै गुरुङले एक दुईवटा कार्यालयहरुले प्रादेशीक नाम राख्दैमा र कार्यालय खोल्दैमा स्थानीयतहमा लगानीको बतावरण नबन्ने प्रतिक्रृया दिए ।

 सम्मेलनका आयोजक तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमीरे भने लगानी सम्मेलनले गणीतिय हिसावमा ठ्याक्कै यती लगानी हुन्छ भन्न नसकिएपनि ५० अर्व बढीको लगानी नगरमा भित्रीने र ठुलो संख्यामा तिलोत्तमामा लगानीकर्ताहरुको लगानी आउने बिषयमा ढुक्क देखिन्छन् । आर्थिक मामीला मन्त्री, गण्डकी प्रदेश नेपालमा यस अघि नै ३ पटक केन्द्रिय तहमा लगानी सम्म्ेलन भई सकेकाछन् । संघिय संरचना नबन्दै २ पटक र गत चैत्रमा वर्तमान ओली सरकारकै नेतृत्वमा १ पटक केन्द्रिय तहमा लगानी सम्मेलन भईसक्दा स्थानीय तहमा भने तिलोत्तमा नगरपालिकाले आयोजना गरेको लगानी सम्मेलन पहिलो हो । स्थानीयतहको अग्रसरतामा गरिएको यस लगानी सम्मेलनले संघीय ब्यवस्था गलत नै छ भनेर प्रचार गर्ने तप्कालाई जवाफ मात्र फर्काएको छैन स्थाीयमा पनि उत्साह थपिदिएको छ । यो अभ्यास अन्य स्थानीय तहका लागि पनि अनुशरणको विषय बनेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

‘राजनीतिक कुलत’बारेको सैद्धान्तिक दृष्टिकोण

पार्टी चलाउन युवा पुस्ताको ढंग भएन, पुरानाका उछलकुद रहस्यमय छ : डा रिजाल(भिडियो वार्ता)

मूलधारका पार्टीहरु विरासतका पार्टी बन्न पुगेः डा.मिनेन्द्र रिजाल, नेता नेपाली काँग्रेस

जेन–जी पुस्ताको आक्रोश निरन्तर चल्ने आँधी हो

जेनजी पुस्ता के चाहन्छ ? दुनियाभरको अनुभवले के भन्छ ?

के हो चिनिया सुरक्षा अवधारणा, किन समर्थन गरे ओलीले ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com