ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आफ्नै श्रीमतीको हत्या गरी फरार दुईसहित पाँच पक्राउ


एबीसी न्यूज

काठमाडौं, ९ असोज । आफ्नै श्रीमतीको हत्या गरी फरार रहेका दुई जनासहित विभिन्न मुद्दामा फरार रहेका पाँच जनालाई आज एकै दिन सिरहा प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । कर्तव्य ज्यान मुद्दामा फरार दुई र डाका मुद्दामा फरार तीन गरी पाँच जनालाई पक्राउ गरी प्रहरीले आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

आफ्नै श्रीमतीलाई कुटपिट गरी हत्या गरेर फरार रहेको आरोपमा प्रहरीले सिरहाको सुखिपुर नगरपालिका–७ घर भई हाल गोलबजार नगरपालिका–६ मा डेरा गरी बस्ने २३ वर्षीय मन्जु रायको श्रीमान् राजेश पासवान भन्ने मो।इलियास मियाँलाई पक्राउ गरिएको हो । इलाका प्रहरी गोलबजारबाट खटिएको टोलीले मियाँलाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक अपिलराज बोहराले बताउनुभयो ।

त्यस्तै आफ्नै श्रीमतीलाई धारिलो हतियार प्रहार गरी हत्या गरेर फरार रहेका सिरहाको कल्याणपुर नगरपालिका–४ घर भई हाल कर्जन्हा नगरपालिका–२ मा बस्ने थारु भन्ने अक्षयकुमार यादवलाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको छ ।

विसं २०७० कात्तिक ९ गते कर्जन्हा नगरपालिका–४ भेडवा खोलामा २५ वर्षीया गीतादेवी यादवलाई धारिलो हतियार प्रयोग गरी हत्या गरेर फरार रहेका अक्षयलाई इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
त्यस्तै सिरहाको मिर्चैया नगरपालिका–६ स्थित अनिल साहको लोटस कलरल्याब तथा मोबाइल पसलको ढोका फुटाएर नगद रु एक लाख २२ हजार, ल्यापटप एक थान, क्यामरा एक थान, भिभो कम्पनीको छ थान मोबाइललगायत सामान लुटपाट गरी फरार रहेका सप्तरीको सुरुङ्गा नगरपालिका–२ घर भई हाल सिरहाको मिर्चैया नगरपालिका–५ निवासी २१ वर्षीय कैलाश मगर, सुखीपुर नगरपालिका–१ निवासी २२ वर्षीय अरविन्द चौधरी र मिर्चैया नगरपालिका–५ निवासी २० वर्षीय फेन्टा भन्ने धिरज यादवलाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको छ ।

पक्राउ परेका तीनै जनामाथि डाँका मुद्दामा जिल्ला अदालत सिरहाबाट म्याद थपका लागि पेश गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक बोहराले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com