ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बैंकिङ सुरक्षा माथि ठुलो प्रश्न : सम्पूर्ण बैंक रित्तो हुने दिन नआउला भन्न सकिन्न (भिडियोसहित)


एबीसी न्यूज

काठमाडौं, ९ असोज । कृषि विकास बैंकको करिब ५ करोड रुपैयाँ चोरी भएपछि नेपालको बैंकिङ प्रणालीको सुरक्षा बारे सर्वसाधारण चिन्तित बनेका छन् । सिस्टम ह्याक गरी एटीएममार्फत करोडौं रकम चोरी भएको घटना सेलाउन नपाउँदै फेरी अर्को चोरी प्रकरणले बैंकिङ सुरक्षा माथि प्रश्न उठेको छ । एटीएम स्वीच ह्याक गरी चिनियाँ नागरिकले करोडौँ रकम चोरी गरेको महिना दिन नपुग्दै फेरि अर्को बैंकिङ चोरीको घट्ना बाहिरिएको छ ।

पछिल्लो चोरीकाण्ड कृषि विकास बैंकमा भएको छ । सिस्टम ह्याक गरी चार करोड भन्दा बढी रकम चोरी भएको छ । बैंककै उच्च अधिकारीको पासवर्ड प्रयोग गरेर अर्कै खातामा पैसा ट्रान्सफर गरी र बैंक सिस्टम नै ह्याक गरी करोडौँ रकम चोरिएको हो । एकपछि अर्को गर्दै नेपालको बैंकिङ प्रणालीलाई नै चुनौती दिनेगरी बैंकबाट अनाधिकृत रुपमा करोडौ रकम चोरी हुन थालेपछि यतिखेर आम नागरिक चिन्तित बनेका छन् भने सरकारी संयन्त्र पनि रनभुल्लमा परेको छ । यसरी निरन्तर बैंकबाट सिस्टम नै ह्याक गरी पैसा चोरिन थालेपछि बैंकहरुलाई टाउको दुखाईको विषय बनेको छ भने प्रहरी प्रशासनलाई पनि सत्यतथ्य पत्ता लगाएर दोषीलाई कारबाही गर्नुपर्ने चुनौती थपिदो क्रममा छ । नेपालको कमजोर साइबर सुरक्षा माथि पनि गम्भिर बहसको आवश्यकता रहेको पछिल्ला घटनाक्रमले देखाएका छन् । नेपालको साइबर सुरक्षा कति कमजोर रहेछ भन्ने पुष्टि पनि भएको छ ।

पछिल्लो पटक कृषि विकास बैंकको रकम अन्य व्यक्तिकोमा सारी र्बैकको लहान शाखाबाट ४ करोड ७३ लाख रुपैँया चोरी भएको हो । लामो समयदेखि भारतमा बस्दै आएका काले भनिने पिटरले नेपाली नागरिकलाई प्रयोग गरेर कृषि विकास कैङ्क, कैलाश विकास बैङ्क र नबिल बैङ्क तथा पानस रेमिटलगायतका वित्तीय संस्थाको क्रेडिएन्सल हृयाकिङ गरी रकम निकालेको प्रहरीले जनाएको छ । बैङ्कबाट रकम चोरी गरेको आरोपमा प्रहरीले राजधानीसहित विभिन्न ठाउँबाट १२ जनालाई पक्राउ गरेको छ । यस गिरोहले नेपालका बैंक बाट ५ अर्ब चोर्न लागेको योजना रहेको पनि प्रहरीले बताएको छ ।

भदौ १४ गते ५ जना चिनियाँ नगरिकको समुहले काठमाडौँका विभिन्न एटीएम बुथबाट करोडौँ रकम चोरी गरेको थियो । उनीहरुलाई प्रहरीको सक्रियताले रङगेहात पक्रिन सफल भएपनि हालसम्म उनीहरुको सञ्जाल र चोरी गर्न उनीहरुले अपनाएको विधिको बारेमा प्रहरीले पत्ता लगाउन सकेको छैन । नेपाल राष्ट्र बैंकका अनुसार १ करोड ६८ लाख ५४ हजार रुपैयाँ उनीहरुले नोक्सान गरेका हुन । विदेशबाट इन्टरनेट चलाएर एटीएम ह्याक गरेको प्रारम्भिक अनुसन्धानमा देखिएपनि प्रहरीले यकिन गर्न सकेको छैन । यसरी निरन्तर इन्टरनेटको माध्यमबाट बैंकिङ प्रणालीलाई नै ह्याक गरिन थालेपछि नेपालको बैंकिङ प्रणालीको सुरक्षा माथि ठुलो प्रश्न चिन्ह खडा भएको छ ।

आजको युग विज्ञान र प्रविधिको युग हो । हिजोको जस्तो लाठि मुंग्रिले जितेर लुट्ने दिन समाप्त भइसकेका छन् । हरेक सेवा, सुविधा र सरकारी कामहरु इन्टरनेटको माध्यमबाट गर्न सरकारले थालिसकेको छ । विभिन्न निजी क्षेत्रहरुले पनि यसरी काम गर्न थालेका छन् । तर यसको प्रयोग गर्ने तरीका र सुरक्षाको उपायबारे कसैलाई पनि चासो छैन । न त यसको क्षमता अभिवृद्धि गर्नतर्फ ध्यान कसैको गएको छ । नेपालका सबै अनलाइन सेवामा गएका कार्यालयको सफ्टवेयर विदेशी मुलुकबाट बन्ने गरेका छन् । यसको सुरक्षा कति हुन्छ भन्नेमा पनि विचार गर्नु आवश्यक छ । विज्ञान र प्रविधिको क्षेत्रमा पनि सरकारले लगानी गर्नु आवश्यक छ । साथै नेपालका बैंकहरुले आफ्नो सिस्टम बारे ध्यान नदिने हो भने कुनै न कुनै दिन नेपालका बैंकका पैसा रातारात चोरी भएर सम्पूर्ण बैंक रित्तो हुने दिन नआउला भन्न सकिन्न ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

‘राजनीतिक कुलत’बारेको सैद्धान्तिक दृष्टिकोण

पार्टी चलाउन युवा पुस्ताको ढंग भएन, पुरानाका उछलकुद रहस्यमय छ : डा रिजाल(भिडियो वार्ता)

मूलधारका पार्टीहरु विरासतका पार्टी बन्न पुगेः डा.मिनेन्द्र रिजाल, नेता नेपाली काँग्रेस

जेन–जी पुस्ताको आक्रोश निरन्तर चल्ने आँधी हो

जेनजी पुस्ता के चाहन्छ ? दुनियाभरको अनुभवले के भन्छ ?

के हो चिनिया सुरक्षा अवधारणा, किन समर्थन गरे ओलीले ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com