काठमाडौं, ९ असोज । दशै, तिहार नजिकदैगर्दा सरकारले अनुमनलाई तिब्र बनाएको जनाएको छ । आम मानिसको दैनिक जोडिएका उपभोग्य बस्तु दाल, चामल, लत्ता कपडादेखि तरकारीको जस्तामा बस्तुका बिचौलियाको प्रवेश तथा कालाबजारी रोक्नका लागि अनुगमनलाई बजार केन्द्रित बनाएको जनाएको छ । तर उपभोक्ताले भने सरकारको अनुगमन कर्मकाण्डी मात्र भएको आरोप लगाएका छन् ।
बजारमा दशैतिहारको किनमेलको माहोल सुरु भएको छ । सरकारले बिभिन्न स्थानमा सस्तो बजारमा भनेर दैनिक उपभोग्य समान उपलब्ध गराए पनि खुद्रा पसलहरुमा दैनिक उपभोग्यबस्तुको मुल्य व्यापारीहरुले बढाइरहका छन । सरकारले प्रभाकारी रुपमा नियमन गर्न नसक्दा कालोबजारी गर्नेहरुले चाडपर्व मौका छोपेर मुल्य बढाइरहेका छन । उपभोक्तावादी अधियान्ताले सरकारको बजार अनुगमन कर्मकाण्डी मात्रै भइरहेको बताउंछन् ।
चार्डवाड नजिकदै गरेको समयमा दुधको मुल्य सरकारले ६ रुपैया बढाएपनि उपभोक्ताले बिगतमा भन्दा १० रुपैया बढी तिरेका छन । यस्तै अन्य खाद्य बस्तुको समेत व्यपारीहरुले तोकिएको मुल्य भन्दा बढि लिन थालिसेका छन । बजारमा आम उपभोक्ताको भान्सामा पाक्ने खानेकुरादेखि साग सब्जी र लगाउने लत्ता कपडा मुल्य दिन दिनै बढिरहेको छ । एउटा उपभोक्ता घरबाट निस्केपछि जुनसुबै स्थानमा ठगिन बाध्य भएको अभियान्ता बताउछन् ।
नेपालीको चार्डपर्वमा मिठो मसिनो खाने र राम्रो लगाउने परम्परा रहेकै कारण समेत व्यपारीले मौकाको रुपमा चाडपर्वलाई लिने गरेका छन । जसका कारण लगाउनेदेखि खानेकुरामा कृतिम रुपमा मुल्यबृद्धि गराइरहेका छन । यसरी बजारमा कृतिम अभाव सिर्जना गर्ने र आम उपभोक्तालाई ठग्ने बिचौलियाको कारण मुल्यबृद्धिबाट जनताको ढाड सेकिएको छ । बजार अनुगमनको जिम्मा पाएको बाणिज्य, आपुर्ति तथा उपाभोक्ता संरक्षण बिभागले भने अनुगमनमा जनशक्ति अभाव भएको भन्दै तर्किने गरेको छ ।
बिगतका वर्षमा समेत चाडपर्व आउदै गर्दा बजारमा व्यपारीले कृतिम मंहगी बढाउने गरेका हुन् । त्यसको निरन्तरताको रुपमा अहिलेपनि व्यापारीले आफुखुसी मूल्य बढाइरहेकाछन । बजारमा समान अभाव भएको बाहना बनाउदै अनुगमनमा जनशक्ति अभाव गराउने गरेका छन् । यसरी बजारमा उपभोक्तालाई ठग्ने व्यापारीलाई तह लगाउनका लागि सरकारले यस पटकको अनुगमन अनुसन्धानमुलक ढंगले बजार केन्द्रित हुने गर्ने जनाएको छ ।
सरकारले राज्यले केही जनता नठगुन भनेर नियमन निकायको सयन्त्र सक्रिय बनाउने जनाएको छ । चार्डपर्वलाई लक्षित गरी कालोबजारी र कृतिम मुल्य निर्धारण गर्ने जो सुकैलाई पनि अनुगमन गर्ने नियमन निकायका सयन्त्रले चार्डपर्वभरी सक्रियता देखाउन आवश्यक छ ।
प्रतिक्रिया दिनुहोस्