ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सरकारको अनुगमन कर्मकाण्डी मात्र, अनुगमनमा जनशक्ति अभाव (भिडियोसहित)


एबीसी न्यूज
आश्विन ९, २०७६ बिहीबार  १ : ०० बजे

काठमाडौं, ९ असोज । दशै, तिहार नजिकदैगर्दा सरकारले अनुमनलाई तिब्र बनाएको जनाएको छ । आम मानिसको दैनिक जोडिएका उपभोग्य बस्तु दाल, चामल, लत्ता कपडादेखि तरकारीको जस्तामा बस्तुका बिचौलियाको प्रवेश तथा कालाबजारी रोक्नका लागि अनुगमनलाई बजार केन्द्रित बनाएको जनाएको छ । तर उपभोक्ताले भने सरकारको अनुगमन कर्मकाण्डी मात्र भएको आरोप लगाएका छन् ।

बजारमा दशैतिहारको किनमेलको माहोल सुरु भएको छ । सरकारले बिभिन्न स्थानमा सस्तो बजारमा भनेर दैनिक उपभोग्य समान उपलब्ध गराए पनि खुद्रा पसलहरुमा दैनिक उपभोग्यबस्तुको मुल्य व्यापारीहरुले बढाइरहका छन । सरकारले प्रभाकारी रुपमा नियमन गर्न नसक्दा कालोबजारी गर्नेहरुले चाडपर्व मौका छोपेर मुल्य बढाइरहेका छन । उपभोक्तावादी अधियान्ताले सरकारको बजार अनुगमन कर्मकाण्डी मात्रै भइरहेको बताउंछन् ।

चार्डवाड नजिकदै गरेको समयमा दुधको मुल्य सरकारले ६ रुपैया बढाएपनि उपभोक्ताले बिगतमा भन्दा १० रुपैया बढी तिरेका छन । यस्तै अन्य खाद्य बस्तुको समेत व्यपारीहरुले तोकिएको मुल्य भन्दा बढि लिन थालिसेका छन । बजारमा आम उपभोक्ताको भान्सामा पाक्ने खानेकुरादेखि साग सब्जी र लगाउने लत्ता कपडा मुल्य दिन दिनै बढिरहेको छ । एउटा उपभोक्ता घरबाट निस्केपछि जुनसुबै स्थानमा ठगिन बाध्य भएको अभियान्ता बताउछन् ।

नेपालीको चार्डपर्वमा मिठो मसिनो खाने र राम्रो लगाउने परम्परा रहेकै कारण समेत व्यपारीले मौकाको रुपमा चाडपर्वलाई लिने गरेका छन । जसका कारण लगाउनेदेखि खानेकुरामा कृतिम रुपमा मुल्यबृद्धि गराइरहेका छन । यसरी बजारमा कृतिम अभाव सिर्जना गर्ने र आम उपभोक्तालाई ठग्ने बिचौलियाको कारण मुल्यबृद्धिबाट जनताको ढाड सेकिएको छ । बजार अनुगमनको जिम्मा पाएको बाणिज्य, आपुर्ति तथा उपाभोक्ता संरक्षण बिभागले भने अनुगमनमा जनशक्ति अभाव भएको भन्दै तर्किने गरेको छ ।

बिगतका वर्षमा समेत चाडपर्व आउदै गर्दा बजारमा व्यपारीले कृतिम मंहगी बढाउने गरेका हुन् । त्यसको निरन्तरताको रुपमा अहिलेपनि व्यापारीले आफुखुसी मूल्य बढाइरहेकाछन । बजारमा समान अभाव भएको बाहना बनाउदै अनुगमनमा जनशक्ति अभाव गराउने गरेका छन् । यसरी बजारमा उपभोक्तालाई ठग्ने व्यापारीलाई तह लगाउनका लागि सरकारले यस पटकको अनुगमन अनुसन्धानमुलक ढंगले बजार केन्द्रित हुने गर्ने जनाएको छ ।

सरकारले राज्यले केही जनता नठगुन भनेर नियमन निकायको सयन्त्र सक्रिय बनाउने जनाएको छ । चार्डपर्वलाई लक्षित गरी कालोबजारी र कृतिम मुल्य निर्धारण गर्ने जो सुकैलाई पनि अनुगमन गर्ने नियमन निकायका सयन्त्रले चार्डपर्वभरी सक्रियता देखाउन आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालाजुको बुद्धज्योती विद्यालयमा पनि चल्यो डोजर

दाउन्नेमा एकतर्फी ढलानको काम सकियो

सम्बन्धित

विद्यालय बन्ददेखि आन्तरिक मूल्यांकनसम्म: शिक्षा क्षेत्रमा अन्योल र बहस तीव्र (भिडियोसहित)

‘बालेनदेखि बफर स्टेटसम्म: नयाँ जनमत र ‘बाचा’ को राजनीतिमा नेपाल’ (भिडियो)

बालेन–निर्वाचित अधिनायकतर्फ, रविको साथ कहाँसम्म ? : प्रा.डा. कृष्ण हाछेथु(भिडियोसहित)

प्रधानमन्त्री शाहको सामूहिक कूटनीतिक भेट, सन्तुलित नीतिको सन्देश कि कूटनीतिक अपरिपक्वता ? (भिडियोसहित)

अमेरिकी सैनिक आधारहरूको वैश्विक जालो र यसको प्रभाव

नयाँ खामेनी र इरानको उत्तराधिकार राजनीति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com