ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

औषधीको उत्पादनदेखि व्यापारमा सम्म मनपरि,सर्वसाधारण ठगिनुपर्ने बाध्यता (भिडियोसहित)


एबीसी न्यूज

काठमाडौं, ९ असोज । मानवीय उपचारका लागि औषधी महत्वपूर्ण हुन्छ । औषधीको उत्पादनदेखि व्यापारमा मनपरि छ । औषधी जस्तो संवेदनशिल विषयमा लापरवाही हुदा मानवीय स्वास्थ्यमा गम्भीर असरसंगैे आर्थिक रुपमा समेत सर्वसाधारण मारमा परेका छन् ।

संविधानले स्वास्थ्य अधिकारलाई मौलिक हकको रुपमा सुनिश्चित गरेको छ, सबै नागरिकले सहज र सुर्लभ स्वास्थ्य सेवा पाउनु पर्ने प्रावधान छ, स्वास्थ्य सेवाको महत्वपूर्ण पक्ष औषधीजन्य सामाग्री हो । सर्वसुलभ र गुणस्तरीय औषधीको पहुंच दुर्गममा समेत पुग्नु पर्छ। तर अहिलेसम्म औषधीको अभावमा सर्वसाधारण ज्यान गुमाउन मात्रै होइन, औषधीजन्य वस्तुमा भएको मनपरीले सर्वसाधारण ठगिनुपर्ने बाध्यता छ ।

स्वास्थ्यसंग सम्बन्धित औषधीजन्य उद्योगहरुको दर्तादेखि नियमन अनुगमनको काम अर्थमन्त्रालय र उद्योग मन्त्रालयले गर्दै आएका छन् । मन्त्रालयबीचको समन्वयको अभावसंगै एक मन्त्रालयले अर्काे मन्त्रालयको सहकार्यको अभाव छदैछ । स्वास्थ्यसंग समस्या मात्रै स्वास्थ्य मन्त्रालयमा पुग्छ, तर स्वास्थ्यसंगका औषधीजन्य उद्योगहरुको नियमन र अनुगमन गर्ने प्रावधान छ । स्वास्थय मान्त्रालयमा पुगेको फाइल अर्थमन्त्रालयमा जान्छ । औषधि पसलले लापरवाहि गर्दा उद्योग मन्त्रालयबाट दर्ता गरियका हुदा स्वास्थ्य मन्त्रालयले कार्वाही र पुरस्कृत गर्न संभव हुदैन । जसले गर्दा औषधीजन्य उद्योगहरुको मनपरी भएको हो । सम्बन्धित मन्त्रालयबीचको सहकार्य समन्वय र सहअस्तित्वको समस्या हुदा औषधीजन्य उद्योगहरुको मनपरि भएको सरकारका मन्त्री स्विकार्छन् ।

मानिसलाई आवश्यक पौष्टिक तत्व खाद्यान्नबाट नै प्राप्त हुन्छ । रोगसंग लड्ने प्रतिरोधात्मक क्षमता खाद्यान्नबाट प्राप्त हुन्छ । प्रतिरोधात्मक क्षमता कमजोर भएमा औषधी सेवन गर्नुपर्नै हुन्छ । तर कस्तो र कति औषधी प्रयोग गर्ने ? विदेशी औषधी मात्रै गुणस्तर हुन्छ भन्ने भ्रम भएको चिकित्सकहरुको प्रतिक्रृया छ । मुलतः त स्वस्थ खाद्यान्नको उपयोगबाट स्वस्थ बन्न सकिने भएकोले औषधीको कम प्रयोग गर्न चिकित्सक सुझाउछन् ।

औषधिको नाममा अनावश्य वस्तुको औषधिको रुपमा व्यापार भइरहेको छ । औषधि डाक्टरबाट प्रिस्क्राइब गरिएको २५ प्रतिशत हुन्छ भने औषधी व्यापारीले ७५ प्रतिशत जवरजस्ती औषधी बोकाउछन् । शहरमा भन्दा गाउमा बढि औषधी व्यापारीहरुल्ो मनलाग्दी गरेको तथ्य छ । तर राज्यका जिम्मेवारहरुले यस विषयमा पटक्कै अनुगमन र नियमन गर्दैनन्, जसका कारण सर्वसाधारण ठगिएका हुन् ।
औषधी जस्तो संवेदनशिल विषयमा पैसाका लागि गरिने यस्ता बदमासीमा राज्य संयन्त्रको बलियो अनुगमन हुनु पर्छ, मानव स्वास्थ्यमाथि गरिने यस्ता आर्थिक स्वार्थलाई व्यवस्थित गर्न राज्य पछि हट्नु लोककल्याणकारी राज्यको दायित्व कदापी हुन सक्दैन ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

‘राजनीतिक कुलत’बारेको सैद्धान्तिक दृष्टिकोण

पार्टी चलाउन युवा पुस्ताको ढंग भएन, पुरानाका उछलकुद रहस्यमय छ : डा रिजाल(भिडियो वार्ता)

मूलधारका पार्टीहरु विरासतका पार्टी बन्न पुगेः डा.मिनेन्द्र रिजाल, नेता नेपाली काँग्रेस

जेन–जी पुस्ताको आक्रोश निरन्तर चल्ने आँधी हो

जेनजी पुस्ता के चाहन्छ ? दुनियाभरको अनुभवले के भन्छ ?

के हो चिनिया सुरक्षा अवधारणा, किन समर्थन गरे ओलीले ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com