ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भूपरिवेष्टित देशलाई लगानी र प्रविधि हस्तान्तरण आवश्यक छ –परराष्ट्रमन्त्री


एबीसी न्यूज


न्यूयोर्क,  ९ असोज  ।  परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भूपरिवेष्टित देशलाई अधिक विकास सहायता मात्र नभई लगानी र प्रविधि हस्तान्तरण पनि उत्तिकै आवश्यक भएको बताउनुभएको छ ।

भूपरिवेष्टित विकासोन्मुख देशको अठारौँ मन्त्रिस्तरीय बैठकलाई आज न्यूयोर्कमा सम्बोधन गर्दै मन्त्री ज्ञवालीले संयुक्त राष्ट्रसङ्घीय पद्धति भूपरिवेष्टित देशको सहयोगका लागि महत्वपूर्ण संस्थागत संयन्त्र हो भन्नुभयो ।

भूपरिवेष्टित देशका लागि महासचिव एन्टोनियो गुटरेस र अल्प विकसित, भूपरिवेष्टित तथा साना टापु राष्ट्रका निम्ति राष्ट्रसङ्घीय उच्च प्रतिनिधि कातोवा युटोकामनुले निर्वाह गर्नुभएको भूमिकाको उहाँले खुलेर प्रशंसा गर्नुभयो ।

विकटता, भूमिबद्धता, भौगोलिक एकाकीपनबाट भूपरिवेष्टित देशहरूले धेरै चुनौती झेल्नुपरेको यथार्थ सुनाउँदै मन्त्री ज्ञवालीले विश्व व्यापार सञ्जालमा समाहित हुन पनि कठिन भएको बताउनुभयो । उहाँले भन्नुभयो, “भौगोलिक व्यवधानले विकासको लागत बढाएको, गरीबीले जरा गाडेको र आर्थिक व्यथा थपेको छ । जलवायु परिवर्तनको प्रभावले उनीहरूको जोखिमलाई अझ धेरै बढाएको छ ।”

अन्य देशको तुलनमा भूपरिवेष्टित राष्ट्रमा भौतिक पूर्वाधारको अधिक अभाव रहेको तथा जल, स्थल र नभमार्गबाट सम्पर्क सञ्जाल बढाउन उत्तिकै कठिन भएको वास्तविकता प्रस्तुत गर्दै उहाँले भौगोलिक विकटताले उनीहरूका उत्पादनको प्रतिस्पर्धात्मक क्षमता नै क्षय भएको बताउनुभयो ।

भिएना कार्यक्रम तालीका (भिपीओए) को मस्यौदा घोषणापत्रले भूपरिवेष्टित देशलाई सतहमार्गबाट सम्पर्क स्थापित गर्ने प्रतिबद्धता व्यक्त गरेको स्मरण गराउँदै मन्त्री ज्ञवालीले त्यसका लागि पारवहन मार्गका छिमेकी, विकासका साझेदार, सरोकारवाला र संयुक्त राष्ट्रसङ्घसहित अन्य सङ्घसङगठनबीच दिगो तथा प्रभावकारी साझेदारी अपरिहार्य भएको बताउनुभयो ।

भिपीओएले कम लागतमा समुद्रसम्म पुग्ने र त्यहाँबाट फर्कने कार्यकुशल एवं निर्वाध पहुँचमा जोड दिएको बताउँदै उहाँले नेपाल भूपरिवेष्टित राष्ट्रको भविष्य रुपान्तरणका निम्ति भरपर्दो, गुणस्तरीय र दिगो भौतिक पूर्वाधार बन्नुपर्ने मान्यता राख्छ भन्नुभयो ।

सन् २०३० सम्ममा दिगो विकासका लक्ष्य हासिल गर्न भिपीओएको पूर्ण र प्रभावकारी कार्यान्वयन भएमा भूपरिवेष्टित राष्ट्रलाई वास्तविक मद्दत पुग्ने बताउँदै मन्त्री ज्ञवालीले बाह्य विकास सहायता ९ओडिए०मात्र नभई साझेदारी, लगानी र प्रविधि हस्तान्तरण अत्यावश्यक भएकामा जोड दिनुभयो ।

नेपाल सरकारले दीर्घकालीन विकासको लक्ष्य हासिल गर्न तथा ‘समृद्ध नेपाल सुखी नेपाली’ परिकल्पना साकार पार्ने उद्देश्यले हालै १५ औँ पञ्चवर्षीय योजना अनुमोदन गरेको जानकारी दिँदै मन्त्री ज्ञवालीले हवाई, सडक, रेल, प्रसारण लाइन, जललगायत सम्पर्क सञ्जाल विस्तारका सबै माध्यमद्वारा विकासको प्रयास भइरहेको बताउनुभयो ।

एमसिसी परियोजनासम्बन्धी प्रक्रियागत सबै काम पूरा गर्ने

सरकारले अमेरिकाको मिलेनियन च्यालेञ्ज कर्पोरेशन ९एमसिसी०को सहयोगमा अगाडि बढाइने आयोजनासम्बन्धी प्रक्रियागत सबै काम चाँडोभन्दा चाँडो पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले एमसिसीका उपाध्यक्ष एन्थनी एलचर तथा युरोप, एशिया–प्यासेफिक र ल्याटिन अमेरिकाका लागि एमसिसीका नायब उपाध्यक्ष जोनाथन ब्रुक्ससँग आज यहाँ भएको भेटमा त्यस्तो प्रतिबद्धता व्यक्त गर्दै नेपाल सरकारले एमसिसीको सहयोगमा सञ्चालन हुने आयोजनालाई राष्ट्रिय गौरवको आयोजनाका रुपमा मान्यता दिएको जानकारी दिनुभयो ।

ऊर्जा तथा यातायात क्षेत्रको आयोजना कार्यान्वयनका लागि अमेरिका सरकारले एमसिसीअन्तर्गत नेपाल सरकारलाई रु ५० अर्ब सहयोग उपलब्ध गराएको छ ।

मन्त्री ज्ञवालीसँग उहाँहरूले आगामी वर्षको असारदेखि कार्यान्वयन हुनुपर्ने परियोजनाका प्रक्रियागत प्रगतिबारे जानकारी लिनुभएको थियो । परियोजनाअन्तर्गत ४०० किलोभोल्ट क्षमताको ३१८ किलोमिटर लामो प्रसारण लाइन एवं तीन वटा उच्च क्षमतायुक्त सवस्टेशन निमार्णमा केन्द्रित विद्युत् प्रसारण आयोजना र बढीमा ३०० किलोमिटर रणनीतिक सडकको मर्मतसम्भार हुनेछ ।

मन्त्री ज्ञवालीले अमेरिकी अधिकारीलाई विद्युत् प्रासरण आयोजनालाई राष्ट्रिय गौरवको आयोजनाका रुपमा घोषणा गरिसकेको, ‘कम्प्याक्ट’ सम्झौताको संसदीय अनुमोदन हिउँदे अधिवेशनमा गरिसक्ने, वातावरणीय प्रभाव मूल्याङ्कनको स्वीकृति तथा जग्गा अधिग्रहण र सीमापार प्रसारण लाइन निर्माणका लागि भएका पछिल्ला प्रयासबारे जानकारी दिनुभएको थियो ।

एमसिसीअन्तर्गतका ऊर्जा तथा यातायात परियोजनाहरू नेपाल–अमेरिका सुमधुर सम्बन्धका प्रतीक भएकाले तिनलाई शीघ्रातिशीघ्र कार्यान्वयन तहमा पु¥याउन नेपाल सरकारले सबै काम चाँडै सक्ने विश्वास मन्त्री ज्ञवालीले दिलाउनुभएको थियो ।

नेपालको गरीबी घटाउन तथा दिगो सामाजिक–आर्थिक विकासका लागि एमसिसी कम्प्याक्टलाई महत्वपूर्ण मानिएको छ । उक्त कम्प्याक्टमा २०७४ भदौमा द्विपक्षीय सहमति भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com