ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मेगा बैंकले कर्जा मिलाउने नामुद ठगसंग मिलेर करोडौं रकमको दुरुपोग गरेको तथ्य (भिडियोसहित)


एबीसी न्यूज

काठमाडौं, ८ असोज ।  बैंकलाई एउटा सेवा मुखी व्यवसायको रुपमा समेत लिइन्छ । जनताले दुःख गरेर कमाएको सम्पतीलाई सुरक्षित गर्ने अनि जनतालाई बिश्वासमा लिएर बैकिङ कारोबार गर्ने काम संसार भरका बैंकले गर्ने गर्र्दै आएका छन् । नेपालका बैंकको पनि यही नै हो आचारसंहिता । तर कहिलेकाहीं व्यवस्थापनले बुद्धि नपुर्याउंदा या बैंकका माथिल्लोस्तरकै कर्मचारीको मिलेमतोमा बैकिङ कसुरका घटना भैरहेका हुन्छन् । पछिल्लो पटक बैंक अफ काठमाडौंका पूर्व सीईओ गिरफ्तार भएका छन् ।

बैंकले सेवा प्रवाह गर्दा कतै चुक नहोस भनेर सदा सजग हुनुपर्छ । तर, बैंकिङ मिलेमतोमा हुने ठगीले एकदुई ऋणि मात्र होइन सबै सेवाग्राही नै प्रभावित हुने अवस्था पनि आउंछ । निजी क्षेत्रको मेगा बैंक विरुद्ध एक सेवाग्राहीले ठगीको आरोप लगाएका छन् ।

मेगा बैंक खराब कर्जा कै कारण बिवादमा तानिएको छ । मेगा बैंकले कर्जा मिलाउने नामुद ठगसंग मिलेर करोडौं रकमको दुरुपोग गरेको तथ्य फेला परेको छ । बैंकलाई एउटा सेवा मुखी व्यवसायको रुपमा समेत लिइन्छ । जनताले दुःख गरेर कमाएको सम्पतीलाई सुरक्षित गर्ने अनि जनतालाई बिश्वासमा लिएर बैकिङ कारोबार गर्ने काम संसार भरका बैंकले गर्ने गर्र्दै आएका छन् । नेपालका बैंकको पनि यही नै हो आचारसंहिता । तर कहिलेकाहीं व्यवस्थापनले बुद्धि नपुर्याउंदा या बैंकका माथिल्लोस्तरका कर्मचारीको मिलेमतोमा बैकिङ कसुरका घटना भैरहेका हुन्छन् ।

पछिल्लो पटक मेघा बैंकबाट आफु पीडित भएको भन्दै बैंकका एक सेवाग्राही न्यायको खोजीमा प्रहरी, नेपाल राष्ट्र बैंक हुंदै संचारमाध्यमसम्म पुगेका छन् । बैंकका कर्मचारीको मिलेमतोमा आफु ठगिएको दाबी गर्दै ती सेवाग्राही आफ्नो करोडौं रकम गुम्ने भयमा भौतारिएका छन् ।
यी हुन पर्सा जिल्ला वीरगंज महानगरपालिका घर भई हाल काठमाण्डौ वडा नम्बर २७ बस्ने उत्तम कुमार ।

कुमारले काठमाडौको वडा नम्बर २९ मा रहेको ग्लोवल माउन्टेन आउट वेयर उद्योग र उद्योगको नाममा म्हेपी २९ मा रहेको कित्ता नम्बर ८२ र २ को ३६५ र २६१ वर्ग मिटरमा रहेको जग्गा र घर धितो राखि मैगा बैंकले ८ करोड ऋण लिएका थिए । तर, उत्तम कुमारले उक्त ऋण चुक्ता गर्न नसकेपछि नवलपरासीकी भूमा देवी पौडेलसंग मिलेर सट्टापट्टा गर्ने सहमति गरे । सहमतीमा भूमाको टाउन प्यालानिङमा रहेको घर र प्रभु बैंकमा रहेको ऋण तिर्ने सहमती गरे । तर भूमा देवी र गुरुदत्त पौडेलले मेगा बैकसंग मिलेर आफ्नो ८ करोडको जग्गालाई १४ करोडको लिलामीमा निकालेर रजाइ गर्न लागेको उत्तम कुमार दाबी गर्छन् ।

पीडित उत्तम कुमार भने मेघा बैंकका ऋणि भूमादेवी गौतम र मेगा बैकले आफुलाई थप ठगी गरेको दाबी गर्दै महानगरीय प्रहरी परिसर अपराध अनुसन्धान शाखामा उजुरी गरेका छन् । उत्तम कुमारले बैंकमाथि छानविन गर्न नेपाल राष्ट्र बैंकमा समेत उजुरी गरेका छन् । बैंकका उच्च तहका कर्मचारीको मिलेमतोमा ३ करोड ४० लाखको मात्र रोक्का भएको कित्ता नं. २३२ नं.को जग्गाबाट बैंकले सेनसेशन लिक्वेयरको नाममा २ करोड ८० लाख र विश्वास मल्टिपर्पोजको नाममा थप ५ करोड १७ लाख गरी ७ करोड ९७ लाख कर्जा दिएको दाबी गर्छन् ।

यस्तै, उत्तम कुमारले ३ जुलाई २०१९ मा प्रहरी हिरासतमा रहेकी भुमा देवीलाई ८५ लाख ऋण प्रवाह गरेको उत्तम कुमार दाबी गर्छन् । बैंकिङ कसुरमा महानगरीय प्रहरी वृत्त महाराजगन्जको हिरासतभित्र रहेकी भूमादेवीले बैंकबाट कसरी कर्जा प्राप्त गरिन ? भन्ने प्रश्न गर्छन् उत्तम कुमार ।कर्मचारीको सेटिङमा मेगाले कमिसनको लोभमा कर्जा प्रवाहको नाममा करौडौ रकमको चलखेल गरिरहेको सोझो आरोप उनको छ

आरोप १. दुई पक्षबीच सट्टापट्टाको जानकारी भएपनि मेघा बैंकले बैंकिङ कर्जा सुविधाअन्तर्गत कित्ता नं. २३२ को ३ करोड ४० लाख धितो मूल्यांकन रहेकोमा सेनसेशन लिक्वेयर र विश्वास मल्टिपर्पोजको नाममा ५ करोड १७ लाख रुपैंयां गरी ७ करोड ९७ लाख ऋण प्रवाह गरेको छ । कम धितोमा बढी ऋणप्रवाह कसरी भयो भन्ने प्रश्न उब्जिएको छ ?

आरोप २. कित्ता नं. २३२ मा ७ करोड ९७ लाख ऋण नदिएको भए प्रहरीलाई दिएको बैंकले झुट्टा जवाफ छ । आरोपितले अर्को आरोप लगाएका छन् ।

आरोप ३. बैंकले भुमादेवीको लोन रिन्यू गर्ने बेलामा भूमादेवी प्रहरी हिरासतमा रहेकी छन् । हिरासतमा रहेको व्यक्तिको लोन कसरी स्वीकृत हुन्छ ? के बैंकका कर्मचारी हिरासतमै पुग्नेगर्छन्, हस्ताक्षरका लागि ? के हुन्छ प्रक्रिया ?

आरोप ४. भूमादेवीले कित्ता नं. २३२ को घर जग्गा उत्तमलाई पास नदिइ प्रभु बैंकमा रहेको ऋण चुक्ता गरी सोही जग्गा राखेर मेघा बैंकमा ऋण लिएको छन् । पूर्व सहमतिअनुसार उत्तमलाई पास गर्नुपर्ने जग्गा पास भएको देखिदैन बरु, सोही जग्गालाई धितो राखि मेघाबाट सहमति भएको भन्दा थप ऋण कर्जा लिएको देखिन्छ । यसमा मेघा बैंकले ऋण प्रवाह गर्दा जग्गा झगडिया भएको ख्याल गरेको देखिदैन ।

आरोप ५. उत्तमकुमारले राष्ट्र बैंकमा उजुरी गरिसकेपछि बैंकले त्यसको जवाफ पठाउंदा उत्तम खराब ऋणी भएको जवाफ पठाएको छ भनेर उनले दाबी गरेका छन् । के उनी खराब ऋणी नै हुन् ?

आरोप ६.यदि, उनी खराब ऋणी हुन भने मे २४ मा उत्तमको बैंकिङ रेकर्ड कबतष्काबअतयचथ रहेको भनि बैंकका सीओओ राजेश शर्माले पत्र तयार पारेका छन् । के त्यो पत्र नक्कली होला त ?

 

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

‘राजनीतिक कुलत’बारेको सैद्धान्तिक दृष्टिकोण

पार्टी चलाउन युवा पुस्ताको ढंग भएन, पुरानाका उछलकुद रहस्यमय छ : डा रिजाल(भिडियो वार्ता)

मूलधारका पार्टीहरु विरासतका पार्टी बन्न पुगेः डा.मिनेन्द्र रिजाल, नेता नेपाली काँग्रेस

जेन–जी पुस्ताको आक्रोश निरन्तर चल्ने आँधी हो

जेनजी पुस्ता के चाहन्छ ? दुनियाभरको अनुभवले के भन्छ ?

के हो चिनिया सुरक्षा अवधारणा, किन समर्थन गरे ओलीले ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com