काठमाडौं, ७ असोज । पशु सेवा विभागले दशैंलाई लक्षित गर्दै हालै एउटा पोस्टर सार्वजनिक गरेको छ । ‘बधशालादेखि भान्सासम्म स्वस्थ र स्वच्छ मासु’ शीर्षक राखिएको उक्त पोस्टर निकै विवादास्पद पनि बनेको छ ।
दशैलाई लक्षित गरि सार्वजनिक गरिएको पोस्टरमा नेपालको राष्ट्रिय जनावर र हिन्दू धर्मावलम्बीले लक्ष्मी मानेर पूजा गर्ने गाईको समेत तस्वीर राखिएको छ । मासुजन्य पदार्थको रुपमा खसी, बंगुर, भेडा, माछासँगै गाईको तस्वीर राखिएपछि विवाद भएको हो । पोस्टरका अन्य तस्वीरहरुमा पनि विचार पुर्याइएको छैन ।
स्वच्छ मासु भनिएको पोस्टरमा पाठाले दूध खाइरहेको बाख्राको तस्वीर पनि समावेश गरिएको छ । विभागका प्रवक्ता डा.चन्द्र ढकालले जनचेतनाको लागि पोस्टर डिजाइन गरिएको बताउदै कुनै गलत नियत नराखिएको यस सम्वन्धमा मंगलबार बिहान बसेको बैठकमा समेत भएको जानकारी दिनुभयो । बधशाला र मासु पसलमा वितरण गर्न बनाइएको ती पोष्टरबाट गाईको तस्वीर हटाउने गरी निर्णय भएको ढकालले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्