ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नवलपरासीमा कार र ट्रक ठोक्किँदा पाँच जनाको ज्यान गयो


एबीसी न्यूज

नवलपरासी, ७  असोज ।  पूर्वी नवलपरासीको कावासोती नगरपालिका –८ पूर्व–पश्चिम राजमार्गमा सोमबार राति ट्रक र कार एक आपसमा ठोक्किँदा कारमा रहेका पाँच जनाको ज्यान गएको छ ।

राति सवा १० बजे पूर्वी नवलपरासीको कावासोती नगरपालिका–८ खरकट्टा जंगलमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको लु १ ख ८५३२ नम्बरको ट्रक र विपरित दिशाबाट आउँदै गरेको बा २१ च ६४०९ नम्बरको कार एक आपसमा ठोक्किएको हो ।

ज्यान गुमाउनेहरुको परिचय नखुलेको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते पाँचै जनाको उद्धार गरी उपचारका लागि चितवन लैजाँदै गर्दा बाटोमा नै सबैजनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक राजेन्द्रप्रसाद अधिकारीले बताउनु भयो ।

कारमा सवार देवचुली नगरपालिकाका व्यक्ति हुन सक्ने प्रहरीले जनाएको छ । केही कागजात देवचुलीको फेला परेकाले ज्यान गुमाउनेहरु नवलपरासी देवचुलीकै हुनसक्ने प्रहरी निरीक्षक अधिकारीले बताउनुभयो ।

यस्तै, नवलपरासीको मध्यविन्दु नगरपालिका –१० राति पौने २ बजे दाङबाट काठमाण्डौका लागि छुटेको बस पल्टिँदा एक जनाको ज्यान गएको छ । कम्तीमा १५ जना घाइते भएका छन् ।

ना ७ ख ८६४२ नम्बरको बस आफैँ अनियन्त्रित भएर पल्टिएको हो । बस पल्टिँदा मकवानपुर घर भएका बसका चालक ३५ वर्षीय लक्ष्मण तिमिल्सिनाको ज्यान गएको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com