काठमाडौं, ६ असोज । चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभाग प्रमुख सोङ ताओले जनतालाई सेवा दिनु नै कम्युनिस्ट पार्टीको मुख्य उद्देश्य हुनुपर्ने बताउनुभएको छ ।
नेपाल कम्युनिस्ट पार्टीले आयोजना गरेको प्रशिक्षण कार्यक्रमा ताओले सि जिनपिङ विचारधाराले जनतालाई प्रमुख स्थानमा राख्ने जानकारी गराउनुभयो । चीन र नेपाल दुबै देशमा कम्युनिस्ट पार्टीको शासन रहेको भन्दै नेता सोङले अब जनताको जीवनस्तर राम्रो बनाउनु पर्ने बताउनुभयो ।
आर्थिक विकास नै सबै समस्याको समाधान भएको बताउदै नेता सोङ भन्नुभयो ‘हामीले ठूलो ऐतिहासिक उपलब्धी हासिल गरेका छौं, किनभने हामीले आर्थिक विकासलाई जोड दिएका छौं’
प्रतिक्रिया दिनुहोस्